Logo बैशाख ६, २०७८ सोमबार


प्रचण्डकाे निष्कर्ष : सम्पूर्ण समस्याको जड ओली

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद झाँगिदै गएको अवस्थामा बसेको सचिवालय बैठक पार्टी जीवनकै महत्वपूर्ण परिघटना हुने देखिएको छ । आन्तरिक विवाद चुलिएर करिब करिब विभाजनको संघारमा पुगेको नेकपाको यसरी संयूक्त बैठक बस्ला र ? भन्ने अनुमान गर्न थालिएको बेला नेताहरु एक ठाउँमा आइपुगेका हुन् । नेकपा वृत्तमा यस बैठकले चर्किएको अन्तरसंघर्षको निरुपण गर्ने र आगामी दिनका लागि एउटा निश्चित बाटो तय गर्ने अपेक्षा गरिएको छ ।

तर पार्टी पंक्ति, नेता कार्यकर्ता तथा शुभेच्छुकहरुले अपेक्षा गरेझैं नेताहरु बीच आपसी सौहार्दता कायम हुन सकिरहेको छैन । बरु मुख्य नेतृत्व गरिरहेका दुई अध्यक्षबीचका आन्तरिक वैमनस्यता र कटुताहरु सचिवालय बैठकमार्फत सार्वजनिक भएका छन् । अध्यक्षद्वयले एक अर्कालाई आदानप्रदान गरेका पत्रहरुमा लेखिएका व्यहोरा हेर्दा यो पार्टी एकता भन्दा फुटको औपचारिक पर्खाइ गरिरहेको कतिपयको विश्लेषण छ ।

निकै लामो रस्साकस्सीपछि शुक्रबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले एकल राजनीतिक प्रस्ताव पेस गर्नुहुँदै पार्टीभित्र उत्पन्न समस्या र सरकार प्रभावकारी रुपमा सञ्चालन हुन नसक्नुको मुख्य कारण प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली भएको निष्कर्ष सार्वजनिक गरेका छन् ।

१९ पृष्ठ लामो राजनीतिक प्रस्तावमा प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी एकताको राजनीतिक वैचारिक भावना, संगठनात्मक सिद्दान्त, विधि र पद्दति तथा स्थायी कमिटीको बैठकका पछिल्ला निर्णयहरुमाथि निरन्तर प्रहार गरिरहेको जस्ता दर्जनौं गम्भीर आरोप लगाउँदै विद्यमान सम्पूर्ण समस्याको जड भएको उल्लेख गर्नुभएको छ ।

राजनीतिक प्रस्तावमा ओलीमाथि लगाइएका अन्य आरोप : 

१. फाउण्डेशनको नाममा राज्यशक्तिको दूरुपयोग गर्दै पार्टीमा गुटबन्दी चर्काएको ।

२. विधान बमोजिम कमिटीका सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीलाई आत्मसात नगरेको ।

. आफू तत्कालिन नेकपा एमालेको निर्वाचित अध्यक्ष भएकाले कसैले हटाउन नसक्ने भन्दै विधान, एकताको प्रावधान र मर्म विपरित प्रचार गराउन थालेको ।

४. चलिरहेको बैठकमा नआउने, बीचमै उठेर हिंड्ने, आफ्ना समर्थकलाई बालुवाटारमै बोलाएर आफ्नो पक्षमा गञ्जी लगाएर प्रदर्शन गर्न लगाएको ।

५. कम्युनिष्टहरुको नेतृत्वमा भएको समाजवादउन्मुख ऐतिहासिक परिवर्तनलाई जनताको जनवादउन्मुख बनाउनु पर्ने सारतत्वलाई संसदीय परम्परामा खसालेको ।

६.सरकारको नीति कार्यक्रम र बजेटलाई पार्टीले अपनत्व गर्नेगरी काम नगरेको ।

७.राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका विषयमा पार्टीमा छलफल गर्ने, सुझाव वा मार्गदर्शन नमाग्ने बरु बरु मन्त्रिपरिषदलाई नीजि सचिवालयजस्तो व्यवहार गरेर आफ्ना सल्लाहकारलाई प्राथमिकता दिएको ।

८. देश र जनताका आवश्यकता र आकांक्षाप्रति संवेदनशील बन्नुको सट्टा व्यक्तिवाद र व्यक्तिपूजातर्फ प्रवृत्त देखिएको ।

९.वाइड वडी, विमान खरिद, सञ्चारमन्त्रीको टेप प्रकरण, यती होल्डिङ्स सँगको अपारदर्शि र शंकास्पद कारोबार, चिनी आयात घोटाला, कोरोना नियन्त्रणका सामग्री खरिदमा ओम्नी समूहसँगको साँठगाँठ, अनियमितता जस्ता भ्रष्टाचारजन्य कामलाई प्रोत्साहन गरेको र बजेट सार्वजनिक गर्नुपूर्वको गोप्यता ख्याल नगरेको ।

१०. राजनीतिक नियूक्ती तथा अवसरको वितरण देश र जनताको हित अनुकूल हुनेभन्दा सत्तास्वार्थको खेलको लागि उपयोग गरेको ।

११. कोरोना महामारीको समयमा दुई महिनासम्म देशलाई बन्दाबन्दीमा राखेर पनि महामारीसँग जुध्न यथोचित तयारी गर्न नसकेको ।

१२. बहुमत प्राप्त सरकारको प्रधानमन्त्री भएपनि संघीय समाजवादी पार्टी नेपाललाई विभाजित गरी संसदमा आफ्ना पक्षमा बहुमत जुटाउने र त्यसलाई आवश्यकता अनुसार आफ्नो स्वार्थमा उपयोग गर्ने आशयका साथ अचानक र आश्चर्यजनक रुपमा अध्यादेश ल्याएको ।

सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रस्तावको पूर्ण पाठ :

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।

धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर तथा ४८ फिटको बेश…