काठमाडौं । तिहारको महत्वपूर्ण दिन लक्ष्मीपूजामा साँझ घरघरमा समृद्धिकी देवी लक्ष्मीको पूजा गर्ने चलन छ । हरेक पूजाको आफ्नै विशिष्ट शास्त्रीय विधि रहेका छन् । विधिपूर्वक गरिएका पूजा मात्र पूर्ण मानिन्छ । त्यसैले आउनुहोस् जानीराखौं लक्ष्मीको शास्त्रीय विधि अनुसार कसरी पूजा गरिन्छ ?
लक्ष्मीपूजाको शास्त्रीय विधि यस प्रकार छन् :–सबैभन्दा पहिले पूजाका लागि छुट्याइएको स्थानमा सेतो कपडा ओछ्याएर त्यसमाथि लक्ष्मी,सरस्वती र गणेशको प्रतिमा विराजमान गर्नुहोस् ।–पूजाको जलपत्राबाट अलि अलि जल लिएर प्रतिमामाथि तल उल्लेखित मन्त्र पढ्दै छर्कनुहोस् । आफूलाई र पूजाको आसनमा पनि यसैगरि जल छर्केर पवित्र पार्नुहोस् ।
मन्त्रॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोपि वा।यः स्मरेत् पुण्डरीकाक्षं सः वाह्याभंतरः शुचिः।।
–अब पृथ्वी मातालाई प्रणाम गर्नुहोस् र तल दिइएको मन्त्र भन्नुहोस् । पृथ्वी मातासँग क्षमा प्रार्थना गरेर आसनमा बस्नुहोस् ।
मन्त्रपृथ्विति मंत्रस्य मेरुपृष्ठः ग ऋषिः सुतलं छन्दः कूर्मोदेवता आसने विनियोगः।।ॐ पृथ्वी त्वया धृता लोका देवि त्वं विष्णुना धृता।त्वं च धारय मां देवि पवित्रं कुरु चासनम्।।पृथिव्यै नमः आधारशक्तये नमः।।–अब ॐ केशवाय नमः, ॐ नारायणाय नमः, ॐ माधवाय नमः मन्त्र जप्दै गंगाजललाई आचमन गर्नुहोस् ।ध्यान र संकल्प विधि–यी सबै प्रक्रिया सम्पन्न भएपछि मनलाई शान्त पार्नुहोस् र आँखा बन्द गर्नुहोस् ।–देवी लक्ष्मीलाई मनमनै प्रणाम गर्नुहोस् ।–यसपछि कातमा जल लिएर मनमनै पूजाको संकल्प गर्नुहोस् ।–संकल्पका लागि हातमा अक्षता (चामल), फूल र जल लिनुहोस् । साथमा एक वा दुई रुपैयाँको सिक्का पनि लिनुहोस् ।यी सबैकुरा हातमा लिएर संकल्प गर्नुहोस् कि म अमुक व्यक्ति अमुक स्थान वा समयमा माता लक्ष्मी, सरस्वती र गणेशको पूजा गर्न जाँदैछु । यसबाट मलाई शास्त्रोक्त फल प्राप्ति होस् ।–यसपछि सबैभन्दा पहिले भगवान गणेश र गौरीको पूजा गर्नुहोस् ।–फेरि कलशको पूजा गर्नुहोस् ।–फेरि नवग्रहको पूजा गर्नुहोस् ।–हातमा अक्षता र फूल लिनुहोस् ।–नवग्रह स्तोत्र उच्चारण गर्नुहोस् ।–यसपछि भगवती षोडश मातृकाहरुको पूजा गर्नुहोस् ।–यी सबैको पूजापछि मातृकाहरुलाई धुप,अक्षता र फूल चढाएर पूजा गर्नुहोस् ।–मौली डोरीलाई गणेश,माता लक्ष्मी र सरस्वतीलाई अर्पण गरेर आफ्नो हातमा बाँध्नुहोस् ।–अब सबै देवी देवताहरुलाई टीका लगाइदिएर आफू पनि टीका ग्रहण गर्नुहोस् ।
यसपछि माता महालक्ष्मीको पूजा आरम्भ गर्नुहोस् : –श्रीसूक्त, लक्ष्मीसूक्त वा कनकधारा स्रोतको पाठ गर्नुहोस् ।–सबैभन्दा पहिले भगवान गणेश, लक्ष्मीको पूजा गर्नुहोस् ।–देवी लक्ष्मीको प्रतिमाको अगाडि ७,११ अथवा २१ वटा दियो बाल्नुहोस् ।–माता लक्ष्मीलाई श्रृंगार सामग्री अर्पण गर्नुहोस् ।–मातालाई भोग चढाएर आरती गर्नुहोस् ।–अन्तमा माता लक्ष्मीसँग जान–अञ्जानमा भएका सबै गल्तीहरुप्रति क्षमा माग्दै प्रार्थना गर्नुहोस् ।