Logo बैशाख ५, २०७८ आइतबार


अन्ततः प्रचण्डलाई बादलको साथ, ओली थप अल्पमतमा

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ९ सदस्यीय केन्द्रीय सचिवालयमा अध्यक्ष केपी शर्मा ओली थप अल्पमतमा पर्नुहुने भएको छ ।ओली पक्षमा उभिदै आउनुभएका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले पनि अन्ततः ओलीको साथ छोड्ने भएपछि ओलीको नेतृत्व थप संकटमा पर्ने देखिएको छ ।

पछिल्लो समय कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बोलाउनुभएका बैठकहरुमा अनुपस्थित रहँदै आउनुभएका गृहमन्त्री थापाले निर्णाय मोडमा अध्यक्ष दाहाललाई नै साथ दिने बताउनुभएको स्रोतको भनाइ छ । भूमिगत कालदेखिनै सहकार्य गर्दै आउनुभएका अध्यक्ष दाहाल र गृहमन्त्री थापाबीच शुक्रबार डेढ घण्टा लामो छलफल भएको हो ।

शुक्रवार बालुवाटारमा सचिवालय बैठक बस्नुअघि गृहमन्त्री थापा आफैं खुमलटार पुग्नुभएको थियो । डेढ घण्टा लामो छलफलमा नेता थापाले आफू अहिले मन्त्रिपरिषदमा रहेकोले खुलेर दाहालको पक्षमा उभिन अफ्ठ्यारो भएको बताउदै निर्णायक मोडमा आफू अध्यक्ष दाहालकै पक्षमा उभिने आश्वासन दिनुभएको स्रोतको भनाइ छ । सचिवालय सदस्य थापा अहिले नेकपाको ध्रुवीकृत राजनीतिमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिदै आउनुभएको छ ।

अध्यक्ष दाहालले मन्त्रिपरिषदबाट गृहमन्त्री थापालाई हटाउन चाहेको भन्ने खबर सार्वजनिक भैरहेका बेला दुई नेताबीच भेटवार्ता भएको हो । छलफलका क्रममा बालुवाटारबाट फैलाइएको त्यस हल्लामा कुनै सत्यता नभएको भन्दै अध्यक्ष दाहालले हल्लाको विश्वास नगर्न थापालाई आग्रह गर्नुभएको थियो ।

पूर्वमाओवादीमा रहँदा दाहाल र थापाबीचको बलियो सहकार्य भए पनि पछिल्लो समय भने दुरी बढेको आशंका गरिदै आएको छ । त्यही आशंकाकैबीच अध्यक्ष दाहालले पार्टी मुख्यालय धुम्बाराहीमा आयोजना गरेका तीन अनौपचारिक केन्द्रीय सचिवालय बैठकमा थापा अनुपस्थित रहनुभएको थियो ।

तर कार्तिक १६ गते खुमलटारमा भएको ओलीसँगको असन्तुष्ट समूहको भेलामा भने उहाँको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।