Logo माघ १२, २०७७ सोमबार


निकुञ्जका ३ फरार अभियुक्त पक्राउ

चितवन । सिसौको काठ र बँदेलको बच्चा चोरीनिकासी गर्ने तीन जना अभियुक्त पक्राउमा परेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा चोरीनिकासी गरेर फरार बनेका उनीहरुलाई शुक्रबार भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भरतपुर–२४ बस्ने निमा भन्ने नेमा घलान, भरतपुर–२८ का फुर्के कुमाल भन्ने गणेश कुमाल र सोही ठाउँका गिर्जा कुमाल भन्ने प्रितम कुमाल रहेको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले बताउनुभयो ।

घलानलाई मध्यवर्ती क्षेत्रबाट अवैध रुपमा बँदेलको बच्चा चोरी निकास गरेको अभियोगमा रु २० हजार जरिवाना र ६० दिन कैद फैसला भएको छ । विसं २०७४ जेठ १९ गते दायर मुद्दामा २०७६ असार ३० गते फैसला भएको थियो । मुद्दाका चारजना अभियुक्तमध्ये उनी फरार रहँदै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।

‘चुनाव चिह्न र पार्टीका विषयमा निर्वाचन आयोगले पूरानै पार्टीलाई निरन्तरता दिएको छ’, उहाँले भन्नुभयो, ‘दुई भागमा विभाजन भएको पार्टीलाई एक…

पाेखरेलले दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीमाथि लगाएकाे आरोप पत्र फिर्ता लिने र निर्वाचनमा सहभागी हुने सहमती भए पार्टी एकता हुने बताउनुभएको…

ओलीले झापाको दमकमा अर्बाैँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उहाँले आरोप लगाउनुभयो ।

अभियुक्तकाे साथबाट १७ हजार ७ सय रुपैयाँ नगद तथा दुई सेट मोबाईल समेत बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले…