Logo मंसिर २०, २०७७ शनिबार


कम्युनिष्ट पार्टीमा कमिटी र पद्दतिको महत्व

नेतृत्वदायी समितिमा छान्दा मुख्य रुपले दुई कुरालाई कहिल्यै बिर्सिन हुँदैन । पहिलो त क्रान्तिप्रति उसको कस्तो भक्ति छ र दोस्रो उसको समस्या समाधान गर्ने योग्यता कस्तो छ ? क्रान्तिप्रतिको भक्तिले उसको क्रान्तिप्रतिको विश्वास, जनसम्पर्क र जनताको सेवा गर्ने कुरालाई दर्शाउँछ भने योग्यताले उसको कार्यप्रतिको रुचीको बोध गराउँछ । क्रान्तिप्रतिको भक्ति र विश्वासले नै योग्यताको निमित्त उपयुक्त मल तयार गर्दछ ।

सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) मा अन्तरसंघर्ष बढेर पार्टी नै फुटको संघारमा पुगेको विश्लेषण भइरहेको छ । खासगरी पार्टीले संगठनात्मक विधि र पद्दतिलाई आत्मसात गर्न नसक्दा नेकपामा अन्तरविरोध पेचिलो बन्दै गइरहेको आम बुझाइ छ । करिब दुई तिहाइको हाराहारीमा जनमत प्राप्त गरेको आजको नेकपाले फेरि पनि एकताबद्ध हुन मुल नेतृत्वमा रहेका नेताहरुको कार्यशैलीमा सुधार गरिनुपर्ने र विधि तथा पद्दतिमै बढी महत्व दिँदै हर समस्याको समाधान पार्टी कमिटीबाट खोजिनुपर्नेमा पार्टी एकता पक्षधर नेता कार्यकर्ताहरुले मत प्रकट गरिरहेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले पार्टी कमिटी र पद्दतिको महत्वबारे व्यक्त गर्नुभएको विचार नेकपामा आन्तरिक विवाद चर्किरहेका बेला आज पनि उत्तिकै सान्दर्भिक दखिन्छ :

हामी कम्युनिष्टहरु कुनै कीर्तन मण्डली जस्तो मार्क्सवाद/लेनिनवाद जप्ने भक्तमण्डली होइनौं, न त हाम्रो पार्टी विभिन्न गुट/उपगुटको यान्त्रिक संयोग नै हो । यो एक निश्चित उद्देश्य, कार्यनीति र संगठनात्मक नीतिको आधारमा संगठित सर्वहारा वर्गको संगठनात्मक जिवन हो । अत: हामी कम्युनिष्टहरु विभिन्न पार्टी कमिटीहरुमा एक निश्चित उद्देश्यलाई पूरा गर्नको निम्ति संगठित भएका छौं । पार्टी कमिटी पद्दति हाम्रो पार्टीमा अति नै महत्वपूर्ण हुन्छ ।

यो हामीलाई स्पष्ट भइसकेको छ कि एक निश्चित अवधिमा हामीले आ-आफ्ना स्तरको सर्वोच्च संस्थाको बैठक गरी आ-आफ्नो स्तरको नेतृत्वदायी समितिको पुन: चुनाव वा नवीकरण गर्नुपर्दछ । यस्ता कमिटीहरुको चुनाव गर्दा साथीहरुको वर्ग स्रोत, पार्टी जीवन, संघर्षप्रतिको दृष्टिकोण र पार्टी संघर्षमा उसले निभाएको भूमिका आदि विचार गर्नाको साथसाथै हामीले कविला तथा अछुत सम्प्रदायबाट आएका साथीहरुलाई माथी नेतृत्वदायी समितिमा उठाउने कुरामा राम्रैसँग विचार पुर्याउनुपर्दछ । यी सबै ध्यान दिनाको साथसाथै नेतृत्वदायी समितिमा छान्दा मुख्य रुपले दुई कुरालाई कहिल्यै बिर्सिन हुँदैन । पहिलो त क्रान्तिप्रति उसको कस्तो भक्ति छ र दोस्रो उसको समस्या समाधान गर्ने योग्यता कस्तो छ ? क्रान्तिप्रतिको भक्तिले उसको क्रान्तिप्रतिको विश्वास, जनसम्पर्क र जनताको सेवा गर्ने कुरालाई दर्शाउँछ भने योग्यताले उसको कार्यप्रतिको रुचीको बोध गराउँछ । क्रान्तिप्रतिको भक्ति र विश्वासले नै योग्यताको निमित्त उपयुक्त मल तयार गर्दछ । तर योग्यताविना विश्वास र क्रान्तिपतिको भक्तिले श्रमजीवी जनताको सेवा गर्न सकिदैन । यस कुरालाई हामी सबैले बुझ्नुपर्छ ।

हाम्रो देश विभिन्न राजनीतिक एकाईमा विभक्त भएको हुँदा हामीलाई पनि विभिन्न एकाईका पार्टी कमिटीको पद्दति विकास गराउनु अति आवश्यक छ । तल गाउँदेखि लिएर माथी केन्द्रसम्मको स्तरमा पार्टी नेतृत्वको विकास गराउनु छ । सामूहिक नेतृत्वको विकासले नै कुनै एक एकाध व्यक्तिको हातमा नेतृत्वको एकाधिकार हुनबाट बचाउँछ । अत: तलदेखि माथिसम्म सामूहिक नेतृत्वको विकास गराउन अति आवश्यक छ ।

पार्टी कमिटीहरुको बैठक गर्दा वा आ-आफ्ना स्तरको सर्वोच्च संस्थाहरुको बैठक गर्दा एक त उक्त बैठकहरु अनावश्यक किसिमले लम्बिनु हुन्न भने अर्को सानातिना कुरामा अनावश्यक बहस गरेर चाँडो चाँडो बैठक गर्नु पनि हुन्न । तर हरेक स्तरको कार्यालयले आफूभन्दा माथिल्लो स्तरको कार्यालयसँग नियमित रुपले सम्पर्क स्थापीत गर्नको लागि पार्टीको नियमित सञ्चार व्यवस्था अवलम्बन गर्नैपर्दछ ।

पार्टी कमिटीको बैठकभन्दा पहिले नै एजेण्डाहरु सबै सदस्यकहाँ पठाउनुपर्दछ र पार्टी कमिटीको सेक्रेटरीले आफ्नो कमिटीको तर्फबाट लिखित रिपोर्ट तयार गरेको खण्डमा एक त बैठक अनावश्यक लम्बिदैन र अर्को सबै साथीहरुले एजेण्डामा सोच विचार गरी आउँदा राम्रोसँग छलफल तथा वादविवाद हुन सक्छ । यसरी सुनियोजित ढंगबाट बसेको बैठकले सामूहिक नेतृत्वको विकास गराउँछ । यस्तो बैठकले मनोगत र एकांकिपनको फैसला कम गर्दछ । यसले गर्दा सम्भावित गल्तीबाट पार्टीलाई बचाउँछ ।

कुनै पनि स्तरको बैठक गर्दा त्यस बैठकको खास उद्देश्य के हो ? सो पहिलो नै सबै सदस्य साथीहरुलाई स्पष्ट हुनुपर्दछ । यो कुरा पार्टीको आवश्यकता हेरी आ–आफ्नाे स्तरको नेतृत्वदायी समितिले तय गर्ने विष्यवस्तु हो । यसरी बैठक गर्दा स्पष्ट रुपले सबैको समझदारी एकै हुनुपर्दछ । कारण, स्पष्ट निर्णय बिना कुनै पनि कार्यवाहीले भ्रमको सृजना गर्दछ । पार्टीमा भ्रमको सृर्जना भएमा सबैको एक बोली हुँदैन र तनाव पैदा हुन्छ । यस्तो तनावले पार्टी एकतालाई तोड्छ । अतः प्रत्येक विषयमा सपष्ट समझदारी बनाउन आवश्यक छ र यदि कुनै कारणवश सो हुन नसकेमा कुन कुरामा हुन सकेन ? त्यसको पनि सपष्ट समझदारी हुनुपर्दछ । या त उक्त विषयलाई अर्को बैठकको निमित्त छोड्नुपर्दछ या माथिल्लो समितिको राय लिई काम गर्नुपर्दछ । त्यस्तै पर्न गएमा अल्पमत र बहुमतको सिद्धान्त पनि लागू गर्नपर्दछ ।

नयाँ नेतृत्वको स्थापना भैसकेपछि प्रत्येक स्तरको नेतृत्वदायी समितिले आफ्नो आवश्यकता हेरी वा माथिल्लो कमिटीले निर्देशन अनुसार आफ्नाे एकाइमा पार्टीको काम व्यापक रुपले लैजानको निम्ति नेतृत्वदाय समितिका साथीहरुको कार्य विभाजना गर्नुपर्दछ । स्पष्ट छ आआफ्नाे क्षेत्रको राजनीतिक एकाइमा देखापर्ने प्रत्येक सामुहिक जीवनमा पार्टीको कार्यक्षेत्र बढाएर लैजानु पर्दछ । तर त्यसो भनी सबै स्थान र सामाजिक क्षेत्रमा एकैचोटी व्यापक रुपले काम गर्न सकिदैन । अतः आफ्नो मातहतमा पर्ने इलाकामा कहाँ कसरी काम गर्ने हो र कुन कुन आवश्यक सामाजिक क्षेत्र छन्, जसमा पार्टीलाई प्रवेश गराउन आवश्यक छ भन्ने कुराको राम्रोसाँग छलफल गरी सकेपछि कमिटीका साथीहरुको रुची र योग्यता हेरी कार्य विभाजन गर्नु आवश्यक छ । प्रत्येक साथीहरुले आ-आफ्नो क्षेत्रमा परेको जिम्मेदारीलाई सृजनात्मक तरिकाले लागू ग्र्नुपर्दछ । यसरी काम गर्दा साथीहरुमा पूँजीवादी प्रतियोगिता होइन, समाजवादी प्रतियोगिता हुनुपर्दछ । पूँजीवादी प्रतियोगिता बलियाले कमजोरलाई मास्ने कुरा हुन्छ भने समाजवादी प्रतियोगितामा कमजोरलाई पनि बलियो गरी सबैलाई एकै स्तरमा उठाउने कुरा निहित हुन्छ ।

सरकारले हाम्रो पार्टीलाई तोड्नका निम्ति सी.आ.इ.डी.टीम गठन गरेको कुरा सर्वविदितै छ । अतः हामीले श्ंका उठाउनु स्वभाविकै हो । त्यसमा पनि खास गरेर आजको अवैधानिक स्थितिमा शंका उपशंका उठ्नु स्वाभाविकै कुरा हो । यो कुरा तपाईँ हामीलाई राम्रैसँग थाहा भएको कुरा हो कि पानी हामीलाई नभै नहुने वस्तु हो । तर यही पानीमा हामीलाई नोक्सान पुर्याउने कीरा पनि हुन्छ । त्यसबाट बच्ने उपाय हो पानीलाई छान्नु । त्यस्तै पार्टीसँग सम्पर्क नभएका जनता र व्यक्ति पार्टीको निम्ति आवश्यक हुन्छन् तर त्यसै जनता र व्यक्तिको बीचबाट नै गलत तत्व पनि पार्टीमा पुग्ने सम्भावना रहेको हुन्छ । यसबाट बच्नको निम्ति पार्टी कमिटीभन्दा अर्को उपाय हुन सकदैन । अतः हामीले विद्यमान स्थिति अनुसार विभिन्न मोर्चाबाट पार्टीमा साथीहरुलाई भर्ना गर्नुपर्दछ । त्यसपछि समर्थक ग्रुप तथा विभिन्न पार्टी कमिटीहरुमा उनीहरुलाई संगठित गरी पार्टी पद्धती अनुसार काम गर्दै गएमा हाम्रो निम्ति आवश्यक तत्व पार्टीमा घुलमिल भएर जाने र विकार पैदा गर्ने तत्वलाई पार्टीले फ्याँक्दै जानेछ । यो भन्दा अर्को उपाय छैन । गलत तत्वलाई छोड्दै गएपछि पार्टी पनि शक्तिशाली हुँदै जानेछ ।

पार्टीमा भ्रमको सृर्जना भएमा सबैको एक बोली हुँदैन र तनाव पैदा हुन्छ । यस्तो तनावले पार्टी एकतालाई तोड्छ । अतः प्रत्येक विषयमा सपष्ट समझदारी बनाउन आवश्यक छ र यदि कुनै कारणवश सो हुन नसकेमा कुन कुरामा हुन सकेन ? त्यसको पनि सपष्ट समझदारी हुनुपर्दछ । या त उक्त विषयलाई अर्को बैठकको निमित्त छोड्नुपर्दछ या माथिल्लो समितिको राय लिई काम गर्नुपर्दछ । त्यस्तै पर्न गएमा अल्पमत र बहुमतको सिद्धान्त पनि लागू गर्नुपर्दछ ।

पार्टी कमिटीमा पार्टी नेतृत्वकाे भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । उसले वास्तविकताको रुपमा आफ्नो कार्यभार सम्हाल्नु पर्दछ । बैठकलाई संगठित गर्ने र नियमित रुपले आफ्नो कमिटिका साथीहरु बीच सम्पर्क स्थापित गर्ने माथिल्लो कमिटीको नीति निर्देशन पालन गर्ने र तल्लो कमिटीलाई नीति निर्देशन दिने आदि कुरामा पार्टी नेतृत्वले विशेष पहलकदमी लिनुपर्दछ । विभिन्न समस्या उपस्थित हुँदा आफूले आँटेर सही सम्झेमा नीति निर्देशन दिनुपर्दछ र विवादास्पद कुराहरुमा तुरुन्त सम्बन्धित साथी अथवा आफ्नो कमिटीको बैठकमा समस्यालाई छलफल गरी समाधान निकाल्नु पर्दछ ।

पार्टीको पार्टी नेतृत्वसँग सबै साथीहरुले दिल खोलेर कुरा गर्नुपर्दछ । कुनै पनि कमिटीका सदस्यले आफ्नो कुन पनि कुरा कमिटीको पार्टी नेतृत्वबाट लुकाएर गर्न हुँदैन । कमिटीका पार्टी नेतृत्वले एउटा योग्य सम्पादकले सम्पादन गरेजस्तै साथीहरुको कुरा सम्पादन गरी सही किसिमबाट पार्टी साथीहरुलाई सम्झाउनु पर्दछ र आवश्यक परेमा कमिटीको बैठकमा सही ढंगबाट पेश गरी दिनु पर्दछ ।

पार्टी कमिटीका सदस्य साथीहरुले एक अर्को कमिटीका साथीहरुसँग सोझै सम्पर्क राख्नु हुँदैन । आवश्यक परेमा प्रत्येकस्तरका कार्यालयमार्फत् राख्नुपर्दछ । कमिटीका सदस्यहरुले एक अर्कालाई काममा सघाउ पु-याउने मनोवृत्ति राख्नुपर्दछ । कामको दौरानमा प्राप्त भएका अनुभवहरुको आदानप्रदान पनि गर्नुपर्दछ । कमिटीका सबै साथीहरुको अथक प्रयत्न पार्टी कमिटीको एकैबोली गराउने हुनुपर्दछ । पार्टी कमिटीका साथीहरुले यो पनि बुझ्नुपर्दछ कि आफूभन्दा भिन्न मत राख्ने साथीसँग पनि मिलेर काम गर्ने पद्धति पनि आवश्यक छ ।

हाम्रा पार्टी कमिटीका साथीहरुले घमण्डीपना दर्शाउनु हुँदैन । कारण एउटाको परिश्रमले मात्र पार्टीलाई कुनै पनि सफलता प्राप्त हुन सकेको छैन । सबैको प्रयत्नले पार्टीलाई सफलता मिल्छ । घमण्डीपनाको व्यवहारले आपसमा बैमनस्यता पैदा गर्दछ र पार्टी एकतामा बाधा उत्पन्न गर्दछ ।

प्रत्येक स्तरका कमिटीहरुले आ-आफ्ना क्षेत्रका जनताका समस्यालाई लिएर संघर्षबाट अगाडि बढ्नाले नै पार्टी जनताका पस्न सक्नेछ र त्यस्तै पार्टीको निर्माण भएको खण्डमा मात्र माथिल्लो कमिटीको नीति निर्देशनलाई आफ्नो क्षेत्रमा व्यवहारिक रुपले लागूगर्न सकिनेछ । त्यस्तै पार्टी कमिटीको निर्माण भएमात्र हामीले सही र असरदार तरिकाले अन्तराष्ट्रिय कर्तव्य निभाउन सक्नेछौं । आज यस कुरालाई हामीले राम्ररी बुझ्नु परेको छ ।

प्रत्येक स्तरमा नेतृत्वदायी कमिटीका साथीहरुले कार्यकर्ताको कुरालार्य सबभन्दा पहिले ज्यादा ध्यान दिएर सुन्नुपर्छ । यदि उनीहरुले गलतै कुरा भनीरहन्छन् भने पनि धैर्यपूर्वक सो कुरा सुनिसकेपछि आफ्नो राय व्यक्त गर्नुपर्दछ । कुरै नसुनी उनीहरुलाई नीति निर्देशन दिँदा ठीकै कुरा भए तापनि माथिबाट लादिएको रुपमा मान्नेछन् र दिलचस्पीका साथ सो निर्देशनलाई पालन गर्न सक्नेछैनन् । पार्टी कमिटीका साथीहरुले कुनै र कस्तै हालतमा पनि आफ्ना कमिटीका अनावश्यक कुरा तल कार्यकर्ताको बीच खुस्काउनु हुँदैन । यसले गर्दा पार्टी टुट्छ र पार्टी नेतृत्वप्रति शंका उत्पन्न गरी त्यसप्रतिको आस्थालाई खतम गरिदिन्छ ।

प्रत्येक पार्टी कमिटी समक्ष विभिन्न समस्या तथा कार्यहरु देखा पर्दछन् । न त हामीहरुले सम्पूर्ण समस्याको समाधान एकैचोटी गर्न सक्छौं , न त सम्पूर्ण आवश्यक कार्य नै एकैचोटी सम्पन्न गर्न सक्दछौं । अत: प्रत्येक स्तरका पार्टी कमिटीहरुले मुख्य समस्या समाधान गरी मुख्य कार्यतिर सम्पूर्ण पार्टीको शक्ति लगाउने कुरामा विशेष ध्यान दिनुपर्छ । पार्टी कमिटीको कार्य पद्धति यही हो । यसलाई पूर्ण गर्नका निम्ति प्रत्येक स्तरका पार्टी कमिटीका पार्टी नेतृत्वको मुख्य भूमिका हुनुपर्दछ ।

आ–आफ्ना स्तरमा उठेका समस्याको समाधान गर्न सक्ने, जनआन्दोलन निर्माण गर्ने र केन्द्रीय नीति तथा निर्देशनलाई व्यावहारिक रुप दिन सक्ने योग्यता भएको पार्टी कमिटीको निर्माण गर्ने कुरामा सबैले ध्यान दिनु पर्दछ । प्रत्येक स्तरका कमिटीहरुले आ-आफ्ना क्षेत्रका जनताका समस्यालाई लिएर संघर्षबाट अगाडि बढ्नाले नै पार्टी जनताका पस्न सक्नेछ र त्यस्तै पार्टीको निर्माण भएको खण्डमा मात्र माथिल्लो कमिटीको नीति निर्देशनलाई आफ्नो क्षेत्रमा व्यावहारिक रुपले लागू गर्न सकिनेछ । त्यस्तै पार्टी कमिटीको निर्माण भएमात्र हामीले सही र असरदार तरिकाले अन्तर्राष्ट्रिय कर्तव्य निभाउन सक्नेछौं । आज यस कुरालाई हामीले राम्ररी बुझ्नु परेको छ ।

हाम्रा पार्टी कमिटीका साथीहरुले घमण्डीपना दर्शाउनु हुँदैन । कारण एउटाको परिश्रमले मात्र पार्टीलाई कुनै पनि सफलता प्राप्त हुन सकेको छैन । सबैको प्रयत्नले पार्टीलाई सफलता मिल्छ । घमण्डिपनाको व्यवहारले आपसमा बैमनस्यता पैदा गर्दछ र पार्टी एकतामा बाधा उत्पन्न गर्दछ ।

(पुष्पलाल छानिएका रचना भाग १ बाट साभार)

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।