Logo बैशाख २, २०७८ बिहीबार


धम्कीको भाषा नबोल्न नेकपा नेता पोखरेललाई दीपशिखाको चेतावनी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट (नेकपा) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पार्टीका स्थायी कमिटी सदस्य शंकर पोखरेललाई धम्कीको भाषा नबोल्न चेतवानी दिनुभएको छ ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीसमेत रहेको नेता पोखरेलले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई सचिवालयमा प्रस्तुत एकल प्रस्ताव फिर्ता लिन आग्रह गर्दै गर्नुभएको ट्वीटको केन्द्रीय सदस्य ‘दीपशिखा’ले कडा जवाफ फर्काउनुभएको हो ।

स्थायी कमिटी सदस्य पोखरेलले शनिबार बिहान ट्विट गरेर अध्यक्ष दाहाललाई आग्रह गर्नुभए लगत्तै नेता दीपशिखाले पनि सामाजिक सञ्जालमार्फत जवाफ फर्काउदै धम्की नदिन चेतावनी दिनुभएको हो । दीपशाखाको जवाफ यस्तो छ :

‘पार्टी एकतापश्चात् पार्टी अध्यक्ष कमरेड ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका सबै एकल निर्णय र मनोमानी फिर्ता लिने हो र आत्मआलोचित भएर पार्टी निर्णय र सामूहिकतालाई स्वीकार्ने सार्वजनिक स्वीकारोक्ति गर्ने हो भने प्रचण्डले सचिवालय बैठकमा राखेको प्रस्ताव फिर्ता लिनुस् भन्न मिल्छ होला, नत्र बैठकमा प्रवृत्तिगत विषयहरूमा छलफलका लागि गरिएको प्रस्ताव फिर्ता लिन आग्रह गर्नु मात्रै पनि अराजनीतिक र असांगठानिक कुरा हो ।

अर्को विषय, पार्टी र सरकारले बैठकका निर्णयहरू मान्नुपर्छ भन्दा, बैठक राखौं भन्दा, छलफल गरौं भन्दा र छलफलका लागि विषयहरू प्रस्तुत हुँदा पार्टी एकता संकटमा पर्छ भन्नु र भ्रममा पार्नु धम्क्याउनु हो ।

भ्रममा पार्न र इमान्दार अनि एकताका पक्षपातिहरुमाथि धम्क्याउने कार्य तुरुन्त बन्द गरियोस्। पार्टी कमिटीमा प्रस्तुत विषय कमिटीमै छलफल हुनदिऊँ। जिम्मेवारहरूले फुटको धम्की नदिऊँ । ’

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।