Logo बैशाख २, २०७८ बिहीबार


नेसन्स लिगमा पोर्चुगल र फ्रान्स भिड्ने

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा आजराति साविक विजेता पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ ।

लिग ’ए’ समूह ३ मा रहेको पोर्चुगलले फ्रान्ससँग घरेलु मैदानमा नेपाली समय अनुसार राति साढे १ बजे पछि प्रतिस्पर्धा गर्नेछ । घरेलु मैदानमा पोर्चुगल फ्रान्सलाई हराएर समूहको शीर्ष स्थान यथावत राख्ने लक्ष्यमा हुनेछ ।

पोर्चुगलले ४ खेलमा ३ जितसहित १० अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा छ । फ्रान्स पनि उसैको मैदानमा पोर्चुगललाई हराएर समूहको शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ । समूहको दोस्रो स्थानमा रहेको फ्रान्सले ४ खेलमा १० अंक जोडेको छ ।

यस्तै समूहको अर्को खेलमा स्विडेन र क्रोएसियाबीच प्रतिस्प्र्धा हुनेछ । ४ खेलमा ३ अंक जोडेको क्रोएसिया तेस्रो स्थानमा रहेको छ । चार खेलमा ४ हार व्यहोरेको स्विडेन पुछारमा रहेको छ ।

यस्तै नेसन्स लिग फुटबलमा आजराति स्पेनले स्विजरल्याण्डसँग पनि प्रतिस्पर्धा गर्दैछ । लिग ’ए’ समूह ४ मा रहेको स्पेनले स्विजरल्याण्डसँग उसैको घरेलु मैदानमा खेल्नेछ । स्पेन र स्विजरल्याण्डबीचको खेल राति साढे १ बजे पछि सुरु हुनेछ । स्पेन घरेलु टोलीलाई हराएर समूहको शीर्ष स्थान यथावत राख्ने लक्ष्यमा हुनेछ ।

स्पेनले ४ खेलमा २ जितसहित ७ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा रहेको छ । स्विजरल्याण्ड भने ४ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ । स्विजरल्याण्ड स्पेनलाई हराएर पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

यसै समूहको अर्को खेलमा जर्मनीले युक्रेनसँग खेल्नेछ । जर्मनीले घरेलु मैदान युक्रेनसँग खेल्नेछ ।

दुई टिमबीचको खेल राति १ः३० बजे सुरु हुनेछ । जर्मनी ४ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ६ अंक जोडेको युक्रेन तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…