Logo बैशाख २, २०७८ बिहीबार


सडक कुकुरलाई खाना खुवाउँदै मनाए कुकुर तिहार

काठमाडाैं । आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खुवाउने गरिन्छ । आजको दिन कुकुरको पूजा नगरी खाएमा पाप लाग्ने भनाइ पनि छ । तर काठमाडौंमा एउटा यस्तो जोडी पनि छ जसले दैनिक रुपमा उपत्यककाका विभिन्न ठाउँमा पुगेर सडकमा बस्ने कुकुरहरुलाई खाना खुवाउने काम गर्छन् । त्यो पनि आफ्नै खर्चमा ।

कुकुर आज्ञाकारी, रक्षक र गुनिलो जनावर हो । भैरवको बहान समेत रहेको कुकुरले कुनैपनि अपराधीहरुलाई सुँघेर पत्ता लगाउने काम गर्छ । त्यस्तै विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुनु पूर्व कुकुरले सुँघेर वा दायाँ बायाँ कराएर पूर्व सूचना समेत दिने गर्छ । त्यसैले प्रत्येक वर्षको कृष्ण चतुर्दशीको दिन कुकुरको विशेष पूजा गर्ने गरिन्छ । यस दिन कुकुरलाई पूजा गरी विशेष प्रकारका खानेकुरा खान दिने चलन पनि छ । यस दिन आफ्नो घरमा पालिएका कुकुर बाहेक सडकमा बस्ने कुकुरहरुको समेत पूजा गरिन्छ । मिठोमिठो खानेकुरा खुवाइन्छ ।

अन्य दिनमा भने सडक कुकुरका लागि मानिसहरुले खासै महत्व दिदैनन् । तर काठमाडौंमा एउटा यस्तो समूह छ जसले दैनिक रुपमा उपत्यकाका विभिन्न ठाउँमा पुगेर कुकुरहरुलाई खाना खुवाउने काम गर्छन् । सौरभ रिमाल लगायतको समूहले दैनिक रुपमा कुकुरलाई खाना तयार गर्ने र विभिन्न ठाउँमा पुगेर खाना खुवाउने काम गर्छन् । काठमाडौंको टेकु स्थित फोहोरमैला व्यवस्थापन गर्ने क्षेत्र, गोंगबु स्थित नयाँ बसपार्क, भृकुटी मण्डप, किर्तीपुरको त्रिभुवन विश्वविद्यालय क्षेत्र र ललितपुरको बटुक भैरव आसपासका क्षेत्रमा पुगेर उनीहरुले कुकुरलाई खाना खुवाउँदै आएका छन् । भोकका कारण सडक कुकुरहरुलाई मर्ने अवस्थामा देखेपछि रातोपुल स्थित डल्ले रेस्टुरेन्टमा खाना पकाई विभिन्न ठाउँमा पु¥याएर खाना खुवाउने काम दैनिक रुपमा गरिरहेको सौरभ रिमालले बताउनुभयो ।

आज (शनिबार) काठमाडौंको टेकु क्षेत्रमा पुग्दा उनीहरुले कुकुरलाई खाना खुवाउँदै गरेको भेटियो । लकडाउन सुरु भएसँगै सडकमा रहेका कुकुरहरुलाई खाना खुवाउँदै आएको सौरभ रिमालले बताउनुभयो । आजको दिन मात्र नभई सडकमा रहेका कुकुरहरुलाई आगामी दिनमा समेत खाना खुवाउने कामलाई निरन्तरता दिने योजना रहेको पनि रिमालले बताउनुभयो । कुकुर तिहारमा मात्र नभएर अन्य दिनमा पनि आफ्नो घरबाहिर रहेका कुकुरहरुलाई खाना खुवाउने बानी बसाल्न रिमालको आग्रह छ ।

अन्य ठाउँबाट सहयोग जुटाएर भन्दापनि आफ्नै खर्चमा खाना खुवाउदै आएको रिमालले बताउनुभयो । केही साथिभाइले कहिलेकाहिं सहयोग गरेपनि अधिकांश दिन आफ्नै खर्चमा खाना तयार गर्ने गरेको उहाँले बताउनुभयो । रातोपुल स्थित डल्ले रेस्टुरेन्टमा खाना तयार गरी विभिन्न ठाउँमा पुर्याएर सडक कुकुरलाई खाना खुवाउने काम उनीहरुका लागि दैनिकी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…