Logo माघ ४, २०७७ आइतबार


‘पर्यटन क्षेत्रले गति लिन थाल्यो’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गती लिन थालेको बताउनुभएको छ ।
आमदब्लम हिमालको सफल आरोहण गरी काठमाडौं फर्किएका कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला एम अलथानीसहितको टोलीसँगको भेटपछि उहाँले यस्तो बताउनुभएको हो ।

विश्वमा कोभिड संक्रमणको जोखिम कायमै रहेपनि छिमेकी मुलुकबाट उच्च पदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउनु पर्यटन क्षेत्र विस्तारै आफ्नो गतीमा अगाडि बढ्न थालेको संकेत भएको उहाँले बताउनुभयो । पछिल्लो समय सरकारले पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेसँगै अहिले विदेशी पर्यटकहरुको आगमनपछि बढ्दै गएको उहाँले बताउनुभयो । राजकुमार शेख मोहम्मद आइतबार आफ्नो देश फर्किने जानकारी पनि उहाँले दिनुभयो ।

राजकुमार शेख मोहम्मदले लामो समयदेखि आफू नेपाल भ्रमणमा आइरहेको उल्लेख गर्दै छिट्टै आफू अर्को भ्रमणमा आउने विश्वास दिलाउनुभयो । नेपालका हिमालय र गाउँहरु आफूलाई धेरै मनपर्ने गरेको उहाँले बताउनुभयो । उहाँले हरेक वर्ष एक पटक नेपालको भ्रमणमा आफू आउने गरेको पनि बताउनुभयो ।

राजकुमारसहितको टोलीले बुधबार आमदब्लम हिमालको सफल आरोहण गरेको हो । कोरोना महामारीका कारण विश्वको पर्यटन क्षेत्र धराशयी बनेका बेला विदेशी ‘हाइ प्रोफाइल’ले नेपालका हिमाल आरोहण गरेको यो दोस्रो हो । यसअघि बहराइनका राजकुमार सम्मिलित १८ जनाको टोलीले लोबुचे (६,१४५ मिटर) र मनास्लु (८,१६३ मिटर) हिमाल आरोहण गरेको गरेका छन् । कतारका राजकुमारको टोलीको नेतृत्व अमेरिकी गाइड ग्यारेट सी म्याडसनले गर्नुभएको थियो । उक्त टोलीमा पाँच नेपाली गाइडसहित १२ जना सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘बहुमतको निर्णय पार्टी निर्णय हुने भए पनि उहाँले बहुमतको निर्णय मान्दिनँ भन्नुभयो । बैठकमै आए पनि बीचमै छोडेर हिड्ने गर्नुभयो…

सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनका बारेमा छलफल गर्न सबै दलका दुई दुई जना प्रतिनिधि पठाइदिन आयोगले सबै दलमा पत्राचार गरेको…

युवा संघको तेस्रो पूर्ण बैठक बुद्धनगरको क्वालिटी ब्यांकेटमा शुरु भएको हो ।

छोराहरुलाई पनि पढाइबाहेकका समयमा घरमा व्यस्त राख्न सके गलत सङ्गत तथा कुलतमा लाग्नबाट जोगाउन सकिने बताउछन् समाजशास्त्री शिवचरण चौधरी ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ ।

दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको बताइएकाे छ ।