Logo बैशाख ६, २०७८ सोमबार


उर्जामन्त्री पुगे भार प्रेषण केन्द्र

काठमाडौं । उर्जा जलस्रोत तथा सिचाईँ मन्त्री वर्षमान पुन देशभरी विद्युत आपूर्तिको अवस्थाका बारेमा निरीक्षण गर्न नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र पुग्नुभएको छ ।

लक्ष्मीपूजाको दिन देशभरी सबैभन्दा बढी विद्युत खपत हुने समय भएकाले त्यसको व्यवस्थापनका विषयमा जानकारी लिन मन्त्री पुन भार प्रेषण केन्द्र पुग्नुभएको हो । देशभरीको विद्युत खपतको अवस्था कस्तो छ भन्ने विषयमा अनुगमन गर्न भार प्रेषण केन्द्र पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशभरी कसरी व्यवस्थापन भइरहेको छ भन्ने कुराको जानकारी लिन आएको हुँ । देशभरीको केन्द्र भएकाले विद्युतको खपत कसरी भइरहेको छ । देशभरी तिहारको रमाइलो कस्तो छ भन्ने कुराको जानकारी लिन आएको हुँ ।’

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो वर्ष बढीमा ११ सय मेगावाट विद्युत खपत हुने बताउनुभयो । लक्ष्मीपूजाको दिन अरु दिनभन्दा बढी विद्युत खपत हुने गरेको भएपनि कोभिडका कारण यो वर्ष बढीमा ११ सय १० मेगावाट मात्रै खपत हुने अनुमान प्राधिकरण गरेको उहाँले बताउनुभयो । अहिले २ सय मेगावाट रिजर्भमा राखिएको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लक्ष्मीपूजाको दिन आज ११ सयभन्दा केही बढी खपत हुने अनुमान गरिएको छ । विगत वर्षहरुभन्दा यो काम हो । कोभिडको असरले पनि कम भएको हुन सक्छ ।’

शाक्यले अब देशभरी कुनै पनि प्रकारको लोडसेडिङ हुने अवस्था नभएको उल्लेख गर्दै गुणस्तर बढाउन र निर्माणको काम गर्दा केही समय समस्या आउन सक्ने बताउनुभयो । तर नो लाइटमा समस्या आउने बित्तिकै सम्बोधनका लागि प्राधिकरणको टीम फिल्डमा जाने उहाँको भनाइ छ ।

उपत्यकासहित देशका मुख्य सहरी क्षेत्रमा झिलीमिली बत्तीका कारण लक्ष्मी पूजाको समयमा विद्युत् माग अत्यधिक हुन्छ । भार प्रेषण केन्द्रले देशभरको विद्युत् आपूर्ति, माग र वितरणको व्यवस्थापनको काम गर्छ । अत्याधुनिक प्रविधि जडित केन्द्रबाट प्राधिकरण र निजी क्षेत्रको कुन विद्युत् गृहबाट कति विद्युत् उत्पादन भइरहेको छ, भारतबाट कति आयात भइरहेको छ र कुन क्षेत्रमा कति माग र आपूर्ति छ भन्नेबारे प्रत्यक्ष डाटा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।