संक्रमणबाट १९ वर्षीय सुत्केरीको मृत्यु

सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १९ वर्षीय युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
बराहक्षेत्र नगरपालिका ५ की किशोरीको उपचारका क्रममा शनिबार मृत्यु भएको अस्पतालले जनाएको हो ।
पाँचदिन अगाडि सुत्केरी भएकी उनलाई शुक्रबार कोभिड अस्पताल भर्ना गरिएको र शुक्रबारनै कोरोना पुष्टि भएको थियो ।