Logo बैशाख ६, २०७८ सोमबार


नेकपा विवादको चुरो ‘अध्यक्षमा बसेर गुटबन्दी गर्ने ओली प्रवृत्ति’

काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनका पुराना नेता राधाकृष्ण मैनालीले सत्तारुढ नेकपामा देखिएको विवादको चुराे अथवा मुख्य कारण प्रधानमन्त्री केपी शर्मा ओलीकाे प्रवृत्ति र कार्यशैली भएको बताउनु भएको छ । पार्टीको अध्यक्ष भएर पनि आफू सरहका नेताहरुलाई सहयोद्धाको व्यवहार नगर्ने र गुटबन्दी गर्ने ओलीको प्रवृत्ति र कार्यशैलीले नेकपामा आन्तरिक विवाद बढेको उहाँले बताउनुभयो ।

जनता समाचारसँग कुरा गर्नुहुँदै झापा क्रान्तिका एक प्रमुख नेता मानिनुहुने मैनालीले भन्नुभयो, ‘सत्ता स्वार्थ, पार्टीको नेतृत्वमा रहिरहने आकांक्षा र अर्को निर्वाचनपछि पनि प्रधानमन्त्री बन्ने लालसाले ओलीले पार्टीमा गुटबन्दी चर्काइरहेका छन्’, उहाँले भन्नुभयो, जबसम्म ओलीमा पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको मानिसले यसरी गुटबन्दी गर्नुहुन्न भन्ने चेतना जागृत हुँदैन, तबसम्म नेकपा विभाजन नभए पनि जिउँदो त हुन्छ तर चलायमान हुन सक्दैन ।’

नेकपाको आन्तरिक विवाद बढेको परिप्रेक्षमा विभाजनको सम्भावनाबारे राखिएको जिज्ञासामा नेता मैनालीले भन्नुभयो, ‘म त्यो सम्भावना देख्दिनँ, किनभने ओली, प्रचण्ड र माधव नेपालसहितका नेताहरुको लडाइँ विचार, कार्यक्रम र सिद्धान्तमा नभई सत्ता स्वार्थमा केन्द्रीत देख्छु ।’ पहिलो अध्यक्ष र मुलुकको प्रधानमन्त्री पदमा रहेको हुनाले पार्टी विवाद समाधानका लागि ओलीले आफ्नो हठ त्याग्नुपर्ने मैनालीको भनाइ छ ।

हाल राजनीतिमा निस्क्रिय रहनुभएका नेता मैनालीले नेकपामा उत्पन्न विद्यमान विवादको अर्को मुख्य कारण तत्कालीन नेकपा (एमाले) र एमाओवादी पार्टीबीच एकताको समयमा एकीकृत पार्टीको विचार, सिद्धान्त र कार्यक्रमबारे नेताहरु प्रवेश नै नगर्नु पनि रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीसहितका नेताहरुले आ-आफ्ना कमजोरी सच्याएर सबै कमिटीहरुलाई निश्चित संगठनात्मक ढाँचाबाट सञ्चालन गर्न सके मात्रै नेकपाले पुर्नजीवन पाउने अन्यथा दिनानुदिन जनताको विश्वास गुमाउँदै जाने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।