Logo बैशाख ५, २०७८ आइतबार


गाउँपालिकाले किसानका धान नि:शुल्क काट्दै

विद्यानन्द राम
सप्तरी । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेरअघि बढेको सप्तरीको तिलाठी कोईलाठी गाउँपालिकाले प्रविधिको प्रयोग गरी किसानहरुले लगाएको धानबाली निःशुल्क काट्न थालेको छ । श्रमिक अभावका कारण कृषि क्षेत्र नै धरासायी भईरहेको बेला गाउँपालिका नि:शुल्क धान काटिदिन थालेपछि किसान खुशी भएका छन् ।

कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको सप्तरीमा विभिन्न अभावका कारण वर्षेनी उत्पादनमा कमी हुँदै आएको छ । कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार गत वर्ष ६६ हजार हेक्टरमा धानबाली लगाइएकोमा १५ प्रतिशतले उत्पादनमा कमी आएको थियो । यस वर्ष ६२ हजार ८ सय हेक्टरमा धानबाली लगाइएकोमा पनि गत वर्षको अनुपातमा २० प्रतिशतले उत्पादनमा कमी आउने कार्यालयको अनुमान छ ।

बिउ, मलखाद्य, सिंचाई, किराको प्रकोप र श्रमिक अभाव नै उत्पादनमा वर्षेनी कमी आइरहेको कार्यालयको भनाइ छ । किसानहरुको अभाव परिपूर्ति गर्ने उद्देश्यका साथ कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको सप्तरीको तिलाठी कोईलाठी गाउँपालिकाले किसानहरुले लगाएको धानबाली निःशुल्क काट्न थालेको छ ।

अभाव मध्येकै श्रमिक अभाव परिपूर्ति गर्न गाउँपालिकाबाट खरिद गरिएको चार वटा ट्याक्टरमा ‘रिपर मेसिन’ जडान गरेर किसानहरुको धानबाली निःशुल्क काट्न थालिएको हो ।

यसअघि गहुँबाली पनि निःशुल्क नै काटिएको गाउँपालिकाको आठवटै वडाका प्रत्येक २ वटा वडामा १–१ वटा रिपर मेसिनले धान काट्ने कार्य जारी रहेको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहको भनाइ छ । उहाँका अनुसार एउटा रिपर मेसिनले एक दिनमा २०–२५ बिघासम्ममा लगाइएको धानबाली काट्ने गरेको छ । गाउँपालिकाले नै निःशुल्क धानबाली काट्न थालेपछि किसानहरु हर्षित भएका छन् ।

गाउँका अधिकांश युवाहरु वैदेशिक रोजगारमा गएका कारण धानबाली समयमै काट्न नसकेर श्रमिक अभावले तनाव भइरहेको बेला गाउँपालिकाले ल्याएको प्रविधिले ठूलो राहत भएको किसानहरु बताउँछन् । प्रविधिको प्रयोग गरी समयमै धानबाली भित्रिएपछि सिजन रहँदै गहुँ, तोरी, मसुरो, बदाम, सस्नायू लगायतका नयाँ बाली समेत आफूहरुलाई लगाउन सहयोग हुने र यसले कृषि क्षेत्रमा ठूलो टेवा पुग्ने किसानहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।