Logo बैशाख १, २०७८ बुधबार


नेपाली प्रशंसकलाई रियल मड्रिड फुटबल क्लबको सरप्राइज

काठमाडौं । रियल मड्रिड फुटबल क्लबले नेपाली प्रशंसकहरुको मान राखेको छ ।

तिहारको मूख्य दिन लक्ष्मीपूजाको अवसरमा आफ्नो लोगो अंकित रंगोलीको फोटो सहित रियलले नेपाली प्रशंसक लगायत सम्पूर्ण हिन्दू धर्मवालम्बीहरुलाई सम्बोधन गरेको छ । क्लबको अफिसियल फेसबुक मार्फत सार्वजनिक गरिएको तस्बिरमा रंगोलीमा दीयो समेत बालिएको छ ।

रंगोलीको तस्विरसँगै नेपालसँग सम्बन्धित अर्को फोटो पनि रियलले अपलोड गरेको छ । क्लबले गरेको यस किसिमको सम्बोधनप्रति नेपाली प्रशंसकहरुले खुशी र आभार व्यक्त गरेका छन् ।

तर सीमित देशमा मात्र हेर्न मिल्ने गरि पोष्ट गरिएको उक्त तस्बिर र सन्देश सबैका लागि साझा गर्न समेत प्रशंसकहरुले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…