Logo मंसिर २०, २०७७ शनिबार


कागेश्वरी पुस्तकालयको प्राङ्गणमा राखियो महाकविको शालिक

काठमाडौं । राजधानीको कागेश्वरी मनहरा नगरपालिकास्थित  कागेश्वरी पुस्तकालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक राखिएको छ । देवकोटासँगै हाँस्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको शालिकसमेत पुस्तकालयको प्राङ्गणमा राखिएको हाे । नेपाली साहित्यका ३ साहित्यिक हस्तीको पूर्णकदको शालिक शनिवार अनावरण गरिएको हो ।

१ सय ११ औं लक्ष्मीजयन्तीका अवसरमा साहित्यकार एवम् नेपाल कम्युनिष्ट पार्टीका नेता प्रदीप नेपालले स्रष्टाहरुको शालिकमा माल्यार्पण गर्नुभयो । कागेश्वरी पुस्तकालयको व्यवस्थापन र आयोजनामा भएको कार्यक्रममा प्रतिनिधिसभाका सदस्य कृष्ण राई, बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाल, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा लगायतको उपस्थिति थियो।

नेकपाका नेता रामेश्वर फुयालले स्मारक निर्माणको परिकल्पना गर्नुभएको थियो । आर्थिक वर्ष २०७५ र ७६ मा ४० लाख विनियोजन गरेर शान्ति उद्यान र लक्ष्मीप्रसाद देवकोटाको सालिक निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७६ र ७७ मा २९ लाख विनियोजन गरेर बाँकी दुई साहित्यकारहरूको सालिक निर्माण गरिएको हो।

१०९ औं लक्ष्मी जयन्तीका अवसरमा फुयालसहित नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती र १ सय १ साहित्यकारहरुले १ रुपैयाँका दरले चन्दा दान गरेर तीन जना साहित्यकारको पूर्णकदको अष्टधातुको प्रतिमा निर्माणको शिलान्यास गरिएको थियो। स्मारकको निर्माण यही वर्ष सम्पन्न गरिएको भएपनि कोरोना महामारीका कारण औपचारिक उद्घाटन नगरिएको फुयालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।