Logo बैशाख २, २०७८ बिहीबार


पेचिलो अन्तरविरोधका बीच बस्ला त सचिवालय बैठक ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नेताहरुबीचको असमझदारीले अन्तरविरोध चुलिएसँगै बुधबारका लागि बोलाइएको सचिवालय बैठक बस्छ कि बस्दैन भन्ने अन्यौलता उत्पन्न भएको छ । अघिल्लो बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार र पार्टीको मुल नेतृत्वको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली पुर्णत: असफल भएको आशय सहितको राजनीतिक प्रस्ताव पेश गर्नुभएपछि नेकपामा अन्तरविरोध थप पेचिलो बन्दै गएकाे हाे ।

कार्यकारी अध्यक्ष प्रचण्डसहितका ५ सचिवालय सदस्य र सचिवालय सदस्य एवं गृहमन्त्रीसमेत रहनुभएका रामबहादुर थापा बादलसमेतको सहमतिमा बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रस्तावपछि नेकपाको आन्तरिक राजनीति तरंगित बनेको हो । खासगरी सरकार तथा पार्टीको नेतृत्वको रुपमा प्रधानमन्त्री ओलीमा देखिएको उच्च व्यक्तिवाद र एकल कार्यशैलीको कडा आलोचना गर्दै असन्तुष्ट नेताहरुको संयुक्त राजनीतिक प्रस्तावमा ओलीले पार्टीमा विधि, पद्दति र बैठकले गरेका निर्णयलाई आत्मसात गरेर अघि बढ्न नसकेको ठहर गर्दै बाँकी कार्यभार पूरा गर्न त्याग गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

बहुमत सचिवालय सदस्यहरुको राजनीतिक प्रस्तावपछि दुईपक्षीय छलफल तथा संवाद पुर्णतया: बन्द अवस्थामा छन् । बरु प्रधानमन्त्रीपक्षीय नेता कार्यकर्ताहरुले संयुक्त राजनीतिक प्रस्तावलाई लिएर कार्यकारी अध्यक्ष प्रचण्डको चर्को आलोचना गरिरहेका छन् । ओली समूहका नेताहरुले प्रचण्डले बैठकमा राजनीतिक प्रस्ताव भन्दा पनि प्रधानमन्त्रीमाथि आरोप पत्र प्रस्तुत गरेको र त्यो पार्टी बैठकमा छलफल हुनै नसक्ने बताउँदै आएका छन् ।

३ गते बोलाइएको बैठक बस्छ कि बस्दैन ? भन्ने प्रश्नमा ओली पक्षीय मानिने नेकपाको सल्लाहकार परिषदका अध्यक्ष तथा आमन्त्रित स्थायी कमिटी सदस्य केशव बडाल भन्नुहुन्छ, ‘प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेको लाञ्छना पत्रलाई राजनीतिक प्रस्ताव मान्न सकिन्न र त्यो बैठकमा छलफल हुने कुरै हुन्न’, उहाँले भन्नुभयो, ‘मलाई पूर्ण विश्वास छ कि उहाँले त्यो आरोप पत्र फिर्ता लिनुहुनेछ अनि मात्रै बैठक बस्नेछ ।’

त्यस्तै अर्का स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय बैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप लगाएको उल्लेख गर्नुहुँदै एकता गम्भीर मोडमा पुगेको र एकताको रक्षाका लागि बैठकमा प्रस्तुत प्रस्ताब फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन अनुरोध गर्नुभएको छ ।

प्रचण्डको प्रस्ताबमा असहमति राख्दै केही दिन अघि पाेखरेलले फेसबुकमा लेख्नुभएकाे स्टाटस् :

पोखरेलले पहिलोपटक प्रचण्डको प्रस्ताबबारे यसरी सार्वजनिक राय राखेपछि ओली समूह अध्यक्ष प्रचण्डप्रति अत्यन्तै आक्रामक बन्दै गएको देखिन्छ । यो समूहले प्रचण्डको प्रस्ताबलाई झुटको पुलिन्दा भन्दै बैठकमा छलफल हुन नसक्ने अडान सार्वजनिक गरिरहेको छ ।

उता अध्यक्ष प्रचण्ड लगायत वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ पक्षीय नेताहरु भने राजनीतिक प्रस्तावमा पार्टी र सरकारलाई असफल बनाउने ओली प्रवृत्ति उदांगो पारिएको र अब बस्ने बैठकले ठोस पहलकदमी लिनुपर्ने बताइरहेका छन् ।

सरकारका उर्जामन्त्रीसमेत रहनुभएका स्थायी कमिटी सदस्य वर्षामान पुन ‘अनन्त’ ले सचिवालयको बैठक प्रारम्भ र लिखित प्रस्ताबले नयाँ बहसको सुरुवात गरेको र विना उत्तेजना राजनीतिक बहसबाट पार्टीमा विधि, पद्धति र राजनीतिक संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टी भनेको जमेको पोखरी जस्तो नभई हिमालबाट बग्ने तीव्र वेगको नदिजस्तो हुने र पार्टीमा हुने छलफल ,बहस र अन्तरविरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता र कार्यकर्ताको जिम्मेवारी नहुने भन्दै उहाँले समस्याको समाधान बैठकबाट गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सचिवालय बैठक बोलाइएको दिन नजिकैँदै गर्दा शीर्ष तहका नेताहरुबीच आराेप/प्रत्याराेप तथा संवादहिनताको अवस्थाले नेकपा बैठक अन्यौलमा परेको छ। जसरी पनि बैठक बस्ने र आवश्यक निर्णय लिने तयारीमा रहेको एउटा पक्षको अडान छ भने र अर्को पक्ष कुनै पनि हालतमा बैठकमा प्रचण्डको प्रस्ताबमाथि छलफल हुनै नसक्ने अडान राखिरहेको बेला नेकपाले भोलीका लागि बोलाएको बैठक बस्छ या बस्दैन ? यसै अनुमान गर्न सकिन्न ।

बैठक बस्छ र आवश्यक निर्णय हुन्छन : पाेखरेल 

स्थायी समिति सदस्य लिलामणी पोख्रेलले सहमतिमा मिति तोकेर बोलाइएको बैठक स्थगित हुने कुनै सम्भावना नरहेको जनता समाचारलाई बताउनुभयो । ‘बैठकमा ओलीपक्षका नेताहरु आउने /नआउने उहाँहरुको विषय हो तर सबैको सहमतिमा बैठक आह्वान गरिएकाले सकभर बैठक बस्छ र आवश्यक निर्णयहरु हुन्छन’ उहाँले भन्नुभयो ।

तर प्रधानमन्त्रीको समूहका केही नेताहरुको अभिव्यक्ति र प्रस्तुतिबाट उहाँहरु बैठकमा नआउने सम्भावना देखिएको पोखरेलको आशंका छ । बैठक स्थगित गर्ने वा नगर्ने र बैठक पूर्व कुनै सहमति गर्ने कि भन्नेबारे पनि शीर्ष नेताहरुबीच संवाद नभएको पोखरेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।