Logo बैशाख ३, २०७८ शुक्रबार


सुदूरपश्चिम प्रदेशका मन्त्री सुवेदीलाई कोरोना भाइरस सङ्क्रमण

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि मन्त्री सुवेदीलाई नमूना परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उहाँका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिनुभयो ।

कोरोनाको सङ्क्रमण देखिएपछि मन्त्री सुवेदी होम आइसोलेसनमा बस्नुभएको छ भने उहााँके स्वास्थ्य अवस्था सामान्य रहेको धामीले बताउनुभयो ।

यसअघि मन्त्री सुवेदीका अर्का स्वकीयसचिव र दुई सुरक्षा गार्डमा समेत कोरोना सङ्क्रमण देखिएको थियो ।

यस्तै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई पनि सङ्क्रमण पुष्टि भएको थियो । गत १५ कात्तिकमा कोरोना सङ्क्रमण पुष्टि भएको कानूनमन्त्री शाह हाल काठमाडौँमा उपचाररत रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…