Logo बैशाख ५, २०७८ आइतबार


नेपाल-भारत सीमा खाेल्न माग गर्दै स्थानीय आन्दोलित

सर्लाही ।  विगत ८ महिनादेखि बन्द रहेकाे नेपाल-भारत सीमानाका खाेल्न माग गर्दै स्थानीय आन्दोलित भएका छन् । सीमानाका बन्द भएका कारण आफूहरुलाई समस्या भएको भन्दै स्थानीयले चरणवद्व आन्दोलनकाे घोषणासहित मलंगवाको दशगजा क्षेत्रमा धर्ना दिएका छन् ।

सर्वपक्षीय जिल्ला संर्घष समिति सर्लाहीले कालाबजारी, तस्करी, चोरी निकासी बढ्दै गएको र यसको मारमा स्थानीय  परेकाले छिटाेभन्दा छिटाे सीमा खुलाउनुपर्ने माग उनीहरूकाे छ ।

जिल्लाभरका स्थानीय तहका मेयर तथा उपमेयरलगायत पदाधिकारीहरूको बैठकले नाका खुलाउन सीमानाकामा धर्ना र विरोधका कार्यक्रमहरू गर्ने निर्णय गरेको बताइएकाे छ । बैठककाे निर्णय अनुसार नै मंगलबार र बुधबार सीमा क्षेत्रमा धर्ना दिन शुरू गरिएकाे समितिकाे भनाइ छ।

सरकारले आफूहरुको माग पुरा नगरे थप कार्यक्रमसहित आन्दोलन गर्ने समितिकाे जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।