Logo मंसिर २०, २०७७ शनिबार


मान्छेको हल्ला सुन्नेवित्तिकै कुहिरोभित्र लुक्ने अद्भूत कालोपोखरी

दोलखा । हिमाली जिल्ला दोलखाको जिरी नगरपालिका वडा नम्बर –१ स्थित चार हजार ४३० मिटरको उचाइमा अवस्थित छ कालोपोखरी । यो पोखरीको नाम जति अनौठो छ उत्तिकै अदभूत छ यसको विशेषता ।

यस पोखरीको विशेषता धेरैलाई पत्याउन मुस्किल पर्छ । किनभने मानिसको होहल्ला बढ्ने वित्तिकै पोखरी क्षेत्रमा बाक्लो कुहिरो लाग्ने स्थानीय बताउछन् । अर्थात चुपचाप कुनै आवाज ननिकाली गए मात्र पोखरीको स्वरुप छर्लङ्ग देख्न सकिन्छ । होहल्ला सुन्ने वित्तिकै लजाए झैं गरि ताल बादलको घुम्टोभित्र लुक्ने गर्दछ ।

“सुरुमा त हामीलाई पनि विश्वास लागेको थिएन् तर जब हामीले पोखरीको गतिविधि नजिकै पुगेर नियाल्यौँ तब पोखरीमा हल्ला गर्न नहुने रहेछ भन्ने थाहा भो” गौरीशंकर गाउँपालिकाको अध्यक्ष स्वयमबहादुर खड्काले बताउनुभयो । “हामी पुग्दा खुल्ला पोखरी हल्लापछि बादलले पुरै ढाक्यो।”

जिरी नगरपालिका वडा नम्बर –१ स्थित चार हजार ४३० मिटरको उचाइमा अवस्थित यस पोखरीको विशेष धार्मिक महत्व रहेको गौरीशंकर गाउँपालिका नेकपाका अध्यक्ष जंग गुरुङले बताउनुभयो ।

दोलखाको जिरी नगरपालिका–१ र रामेछापको गोकुलगंगा गाउँपालिका–१ को सिमानामा रहेका प्रसिद्ध जट्टापोखरी, पाँचपोखरीभन्दा पश्चिमतिर करिब डेढ घण्टाको यात्रामा पुग्न सकिन्छ ।

गौरीशंकर गाउँपालिकाको मार्बु, चंखुबाट जाने सीमित यात्रु, चौरी र भेडा गोठालाहरुले मात्र देखेका कालोपोखरी माथिबाट हेर्दा कालो देखिन्छ ।

पाँचपोखरी, जट्टापोखरी जाँदा कालोपोखरी दर्शन गरेर जानुपर्ने र फर्कदा हेर्नुहुँदैन भन्ने धार्मिक मान्यता रहिआएको छ । जोकोहीलाई पुग्न कठिन भौगोलिक ठाउँमा अवस्थित र हरेक मौसममा हुस्सुले ढाकिराख्ने भएकाले पनि यसको दर्शन धेरैले गर्न पाएका छैनन् ।

स्थानीयले यस पोखरीलाई कालोपोखरी बाहेक भूतपोखरी र बौलाहा पोखरीको नामले पनि चिन्ने गरेको गौरीशंकर गाउँपालिकाका स्थानीय टीका गुरुङ बताउनुहुन्छ ।

धार्मिक र प्राकृतिक दुवै रुपमा महत्वपूर्ण चंखुदेखि कालोपोखरी हुँदै पाँचपोखरी, जट्टापोखरीसम्म जोड्ने पदमार्गलाई व्यवस्थित गरिने गौरीशंकर गाउँपालिका अध्यक्ष खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।