Logo बैशाख २, २०७८ बिहीबार


मिलेर जान नेकपा अध्यक्षद्वयलाई राष्ट्रपतिको सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद चुलिरहेको बेला पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार भेटवार्ता भएको छ ।

राष्ट्रपतिलाई भेट्न साँझ साढे ५ बजे शीतल निवास पुग्नरभएका दाहालले त्यहाँ करिब दुई घण्टा बिताउनुभएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

दाहालसँगको भेटमा राष्ट्रपति भण्डारीले मुलुकको समसामयिक विषयका साथै नेकपाभित्रको बढ्दो विवादका बारेमा छलफल गर्नुभएको थियो ।

देशभित्र राजनीतिक अन्यौल बढेको बेलामा राष्ट्रपतिको प्रयास समझदारी निर्माण गर्ने कुरामा हुने भएकोले सोही अनुसार दाहालसँग पनि भेटवार्ता भएको शितल निवास स्रोतले बतायो ।

राष्ट्रपति भण्डारीले अध्यक्ष दाहालसँगको कुराकानीमा पार्टी विभाजन भए प्राप्त उपलव्धिहरु पनि गुम्ने अवस्था आउनसक्ने भन्दै दुबै अध्यक्षलाई मिलेर जान सुझाव दिनुभएको थियो ।

‘राष्ट्रपतिले समसामयिक विषयमा जिज्ञासा र चासो राख्नुभयो । मैले उहाँका कुरा सुनेर फर्किएँ, धेरै बोलिनँ’, बालुवाटारबाट फर्केपछि आफू निकट नेतालाई प्रचण्डले भेटबारे संक्षिप्त बताएका थिए ।

नेकपा विवाद उत्कर्षमा रहेका बेला कार्यकारी अध्यक्ष दाहाल र भण्डारीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि राष्ट्रपति भण्डारीले अध्यक्ष ओली र महासचिव विष्णु पौडेल तथा उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर नेकपाको विवादबारे चासो राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।