Logo बैशाख २, २०७८ बिहीबार


चुनावमा धाँधली गरेको आरोपमा अमेरिकी निर्वाचन सुरक्षा अधिकारी बर्खास्त

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकजना निर्वाचन सुरक्षा अधिकारीलाई बर्खास्त गरेका छन् । ट्रम्पले चुनावमा धाँधली भएको भन्दै लगाइदै आएको आरोप खारेज गरेका निर्वाचन सुरक्षा अधिकारीलाई बर्खास्त गरेका हुन् ।

ट्रम्पले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीलाई बर्खास्त गरेका हुन् ।

ट्रम्पले ट्वीट गरेर साइबर सेक्युरिटी एण्ड इन्फ्राइस्टक्चर सेक्युरिटी एजेन्सीका निर्देशक क्रिस क्रेब्सलाई बर्खास्त गरेको जानकारी दिएका हुन् ।

क्रिसले हालै वक्तव्य जारी गरेर नोभेम्बर ३ मा भएको चुनावमा कुनै पनि प्रकारको धाँधली भएको प्रमाण नरहेको बताएका थिए ।

उनले वक्तव्यमा भनेका थिए, ‘कुनै पनि मतदान प्रमाणालीले मत डिलिट गरेको वा गुमाएको, मत परिवर्तन गरेको वा अरु कुनै पनि प्रकारको कमजोरी वा धाँधली गरेको प्रमाण छैन ।’

सोही वक्तव्यलाई लिएर ट्रम्पले उनलाई बर्खास्त गरेका हुन् । क्रिसले जारी गरेको सो वक्तव्य सरासर झुट रहेको आरोप ट्रम्पले लगाएका छन् । तर उनले अहिलेसम्म धाँधलीको कुनै पनि प्रमाण भने प्रस्तुत गर्न सकेका छैनन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तर्गतको साइबर सुरक्षा विभाग हेर्ने गरेका क्रिसलाई ट्रम्पले बर्खास्त गर्ने तयारी गरेको खबर सिएनएनसहितका अमेरिकी सञ्चारमाध्यमले यसअघि नै प्रकाशित गरेका थिए ।

नोभेम्बर ३ मा भएको चुनावमा ट्रम्प डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग पराजित भएका छन् । तर उनले अहिलेसम्म हार स्वीकार गरेका छैनन् । ट्रम्पले धाँधली गरि आफूबाट नतिजा खोसिएको आरोप बिना कुनै प्रमाण लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।