Logo बैशाख ६, २०७८ सोमबार


बगदादस्थित दुताबासमा हमला, सुरक्षाकर्मी घाइते

एजेन्सी । बगदादस्थित दुताबासमा हमला हुँदा दुई सुरक्षाकर्मी घाइते भएका छन्। अमेरिकाले इराकमा रहेका आफ्ना सेनाको संख्या घटाउने घोषणा गरेलगत्तै राजधानीका विभिन्न दूतावासमा आक्रमण भएको हो ।

राजधानी बगदादमा रहेका अमेरिकीलगायत विभिन्न दूतावासको क्षेत्रमा रकेट हमला भएको इराकी सुरक्षा अधिकारीले बताएका छन् । इरान समर्थित विद्रोही लडाकूहरुले आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै चार वटा रकेट प्रहार गरेका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा २५ सय मात्र अमेरिकी सेना राख्ने निर्णय गरेलगत्तै दूतावासमा हमला भएको  हाे ।

इराकी अधिकारीहरुले आक्रमणको पुष्टि गरेपनि त्यसबाट भएको क्षतिको विवरण भने खुलाएका छैनन् । तर आक्रमणमा दुई जना इराकी सुरक्षा अधिकारी घाइते भएको हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।