Logo बैशाख ६, २०७८ सोमबार


‘देश, जनता र पार्टीप्रति कसैले गद्दारी नगरौं’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले पार्टी फुटाएर देश, जनता र पार्टीप्रति गद्दारी हुने कुकर्ममा काेही पनि नलाग्न अपील गर्नुभएको छ ।

पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला नेता रावलले नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना गर्नु नै समस्याको समाधान हुने बताउनुभएको छ ।

पूर्व गृहमन्त्रीसमेत रहनु भएका रावलले बैठकबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

नेकपाका नेताहरुबीच अन्तरविरोध चुलिएको भएपनि सचिवालय बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…