Logo बैशाख १, २०७८ बुधबार


महासंघको पहिलो चरणको मतदाता सूची सार्वजनिक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पहिलो चरणको मतदाताको सूची सार्वजनिक गरेको छ ।

महासंघको आसन्न ५४ औं वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन कार्यतालिका अनुसार पहिलो चरणको मतदाता सूची सार्वजनिक गरेको हो ।
जिल्ला नगरतर्फ प्रदेश नम्बर १ बाट २३ मतदाताको सूची तयार भएको छ । त्यसै गरी प्रदेश २ बाट १३, प्रदेश ३ बाट १६, प्रदेश ४ बाट १३ र प्रदेश ५ बाट २२ संघहरुले मतदान गर्न पाउनेछन् ।

प्रदेश ६ बाट १० र प्रदेश ७ बाट १० गरी जिल्ला नगरतर्फका कुल १०७ मतदाताहरुको सूची सार्वजनिक गरिएको छ ।

त्यसैगरी वस्तुगततर्फ १०१ संघहरुको सूची सार्वजनिक गरिएको छ । द्धिराष्ट्रिय उद्योग वाणिज्य संघतर्फ १२ संस्थाहरु सूचीमा छन् ।

एशोसिएट्सतर्फ कुल ९२३ संस्थाहरुको सूची सार्वजनिक गरिएको छ भने मतदान गर्न पाउने १२ संस्थापक सदस्यहरुको नामावली सार्वजनिक गरिएको छ ।

संस्थाको नाम मात्र सार्वजनिक गरिएको जनाएको निर्वाचन समितिले कतिपय संघ संस्थाहरुको सदस्यता नबीकरण तथा प्रतिनिधि विबरण आउने क्रम जारी रहेको जनाएको छ ।

मंसिर ११ गते बिहानसम्ममा मतदाताहरुको सदस्यता नबीकरण तथा प्रतिनिधि मनोनयनको काम पुरा गर्न महासंघले सबै मतदाताहरुलाई अनुरोध गरेको छ ।

पहिलो चरणको मतदाता नामावली तलको लिंक क्लिक गरेर हेर्न सकिन्छ :

Click to access 54agm_voter_list01.pdf

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…