Logo बैशाख २, २०७८ बिहीबार


सरकारले निर्वाचनमा गरेको बाचाविपरित काम गर्‍याे :डा. महत

सत्तारुढ दलको आन्तरिक किचलोका कारण अहिलेको प्रणालीमाथि नै जनतामा भ्रम पैदा हुन थालेको कांग्रेसले बताएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक किचलोले अहिलेको प्रणालीमाथि नै जनताले आशंका गरिरहेको कांग्रेसको भनाइ छ । निर्वाचित भएर आएकाहरुले नै जनतामाथि विश्वासघात गरेकाले जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो हो भन्ने भ्रम परेको कांग्रेसका सहमहामन्त्री प्रकाशसरणले महतले बताउनुभयो । सहमहामन्त्री महतले प्रणालीमाथि नै आक्रमण गरेर धमिलो पानीमा खेल्न खोजेपनि देश त्यो बाटोमा जान नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘प्रणालीको कुरा होइन । निर्वाचित भएर आएकाहरुले जनतामाथि विश्वासघात गरेकाले जनतामा प्रणालीको नराम्रो हो की भन्ने परेको छ । तर त्यो होइन । जनताले अर्को निर्वाचनमा अर्को विकल्प खोज्ने हो । सरकारले रहँदासम्म सरकारलाई सच्चिनका लागि बाध्य पार्न सबैले आवाज बुलंद गर्नुपर्छ । प्रणालीमाथि आक्रमण गरेर धमिलो पानीमा खेल्न खोज्दैछन । त्यो बाटोमा देश जान सक्दैन ।’’

उहाँले सरकार संवेदनशिल नबनेका कारण महामारी नियन्त्रण बाहिर गएको समेत बताउनुभएको छ । महामारी विरुद्धको लडाईमा सरकारले सुरुवाती दिनदेखि आइसोलेसन निर्माण/व्यवस्थापन, क्वारेन्टिन व्यवस्थापन अस्पतालहरुमा बेडको व्यवस्था गरी अगाडि बढ्नुपर्नेमा त्यसो गर्न नसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘निर्वाचनमा गरेको बाचा विपरित सरकारले काम गरिहरेको छ । सरकार संवेदनशिल भएको भए कोभिड सहजै नियन्त्रण गर्न सकिन्थ्यो । शुरुमा आइसोलेसन, क्वारेन्टिन, परीक्षण र अस्पताल सुव्यवस्थित गर्ने सरकारले तयारी गरेको भए यो वर्ष आउने थिएन । अहिले सरकार औषधि खरिद र राहात वितरणको रुपमा फाइदा उठाउने अभियानमा लागेको छ ।’’

सहमहामन्त्री महतले जनतामाथि विश्वासघात गरेर नेकपा नेतृत्वको सम्पूर्ण ध्यान सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएको बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहका तीनवटै सरकारप्रति जनताको विश्वास टुट्दै गएको पनि उहाँले बनाउनुभयो । सरकार महामारीबाट जनतालाई कसरी जोगाउने भन्दा पनि औषधि खरिद र राहत वितरणमा समेत कसरी फाइदा उठाउने भन्ने अभियानमा रहेको बताउनुभयो ।

महतले भन्नुभयो, ‘‘नेकपाको झगडाले जनतालाई ठूलो असर परेको छ । यो सरकार निर्वाचित भएर आएदेखि नै आन्तरिक सत्ता संघर्षमा नेताहरु देखिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओली जसरी भएपनि सत्ता टिकाउने र उहाँको ठाउँमा जान चाहाने नेताहरुले त्यो पुग्न गरिरहेको लडाईँले नेपाली जनता मारमा परेका छन् ।’’

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।