कालिज मार्न बन्दुक पड्काउँदा १ को मृत्यु

दाङ । कालिज मार्न भरुवा बन्दुक पड्काउँदा एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाँउपालिका २ टाकुरेका ४१ वर्षीय भोजबहादुर घर्तीको मृत्यु भएको हो ।
स्थानीय ३९ वर्षीय टोपबहादुर घर्तीले मंगलबार कालिज मार्न बन्दुक पड्काएकाे तर गोली भोजबहादुरलाई लागेपछि उहाँको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरी टोलीले हतियारसहित टोपबहादुरलाई पक्राउ गररेर अनुसन्धान शुरु गरेको छ ।