Logo बैशाख २, २०७८ बिहीबार


जनतामा हरेक बुधवार ‘नेपाली कमेडी शो’

काठमाडौं । मौलिक टेलिभिजन कार्यक्रम उत्पादन र प्रसारणमा जोड दिदै आएको जनता टेलिभिजनमा नयाँ हाँस्य कार्यक्रम प्रसारण शुरु भएको छ ।

जनता टेलिभिजनकै निर्माण रहेको नयाँ कार्यक्रम नेपाली कमेडी शो को पहिलो श्रृंखला आज राति ८ः४५ बजे प्रसारण हुँदैछ । यो कार्यक्रम अबदेखि हरेक साताको बुधवार यही समयमा हेर्न सकिनेछ । कार्यक्रममा हाँस्यव्यंग्य क्षेत्रका चर्चित युवा कलाकार राजा राजेन्द्र र उनको टिमको प्रस्तुति हेर्न पाइनेछ ।

नेपाली परिवेश र शालीन शैलीको कमेडी प्रस्तुत गरिने यस शोमा नयाँ र चिरपरिचत कमेडियनहरुको प्रस्तुति रहने जनता टेलिभिजनका नायबमहाप्रबन्धक माधव कार्कीले बताउनुभयो ।

कार्यक्रम नेपाली कमेडी शो रेडियो जनता ८९.१ मा पनि हरेक विहीवार साँझ ६ः२० बजे सुन्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।