Logo बैशाख २, २०७८ बिहीबार


चितुवा गणना गर्न ६५ क्यामरा जडान

तनहुँ । भानु नगरपालिकाले चितुवाको गणना गर्न ६५ क्यामरा जडान गरेको छ । नगरपालिकाको १, २, ३, ४, ५ र ६ नम्बर वडामा पर्ने २२ वटा सामुदायिक वनमा चितुवा र चितुवाको आहारा प्रजातिका वस्तुको पहिचानका लागि क्यामरा जडान गरिएको हो ।

पछिल्लो समयमा विभिन्न वडामा चितुवाको आतंक बढ्दै गएकाले तस्बिर कैद गर्न जंगलमा क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।

घरमै आई चितुवाले बालबालिकालाई आक्रमण गरेकाले क्यामराले चितुवाको मात्र नभई जंगलमा भएका अन्य चितुवा प्रजातिको आहाराको समेत तथ्यांक संकलन गर्नेछ ।

डिभिजन वन कार्यालय कास्की र तनहुँको समन्वयमा भानु नगरपालिकाको विभिन्न जंगलमा चितुवाको गणना गर्नका लागि क्यामरा राखेको हो । क्यामरा जडानपश्चात जंगलमा भएका चितुवाको तथ्यांक संकलन गरिने सहायक वन अधिकृत मनोज रानाभाटले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।