Logo बैशाख २, २०७८ बिहीबार


भन्सार छली भित्र्याएको ४८ लाखबढीको सामान बरामद

वीरगञ्ज । भन्सार छली गरेर भित्र्याएको ४८ लाख बढीको सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा मातहतको इलाका प्रहरी कार्यालय जितपुर र सिम्रौनगढबाट खटिएको दुई टोलीले ४८ लाख ६१ हजारको सामान बरामद गरेको हो ।

भन्सार छलीका विभिन्न समान तथा सवारी साधन बरामद गरी आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ।

दशैं, तिहार तथा छठको विभिन्न समयमा भारतबाट भन्सार छली चोरी पैठारी नेपाल भित्र्याएको थान तथा रेडिमेड कपडा, किराना मालसामान तथा समान भित्र्याउन प्रयोग गरेको प्र.३–०१–०२२ च ७०७० नं. को कार एक थान, मोटरसाइकल एक थान र दुई जना व्यक्तिलाई समेत पक्राउ गरी बुधबार वीरगञ्ज भन्सार कार्यालय पर्सामा दाखिला गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौत्तम मिश्रले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…