ढुङ्गाले हानेर ३ वर्षीया बालिकाको हत्या

मकवानपुर । जिल्लामा ढुङ्गाले हानेर तीन वर्षीया बालिकाको हत्या भएको छ । मृत अवस्थामा फेला परेकी उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
मृत्यु हुनेमा वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।
घटनास्थल नजिक उनको कपडा फेला परेको र शरीरभरि रगत लत्पतिएका कारण बलात्कारपछि ढुङ्गाले हानेर वीभत्स हत्या भएकाे हुनसक्नेतर्फ अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको हो । हत्याको आशंकामा दुई पुरुषलाई पनि पक्राउ गरिएकाे छ ।