परिवारमा संक्रमण भेटिएपछि ‘सेल्फ आइसोलेशन’ मा सलमान

एजेन्सी । अभिनेता सलमान खान ‘सेल्फ आइसोलेशन’मा बसेका छन् । परिवारका तीन सदस्यमा कोरोना देखिएपछि परिवारसहित १४ दिनका लागि आइसोलेसनमा बसेका हुन् ।
सलमानको पर्सनल ड्राइभर अशोक र घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना देखिएको हो । कोरोना पोजेटिभ देखिएको उनीहरुलाई बाम्बे हस्पिटलमा भर्ना गरिएको छ ।
सलमान र उनका पुरै परिवार सलीम खान र सलमा खानको म्यरिज एनिभल्सरी मनाउने प्रतिक्षामा थिए । अचानक घरको सदस्यामा कोरोना देखिएको कारण कार्यक्रम समेत स्थगित गरिएको छ ।