लागुऔषधसहित २ पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिकामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बराहक्षेत्र ७ बोराबाधबाट २८ वर्षीय रामकुमार यादव र २३ वर्षीय श्रवणकुमार चौधरी रहेको विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले बुधबार बेलुका ६ बजे को ४ प ३३६६ नम्बरको मोटरसाईकलमा सवार दुवैको साथबाट ३ ग्राम २२ मिलिग्राम खैरो हिरोइन बरामद गरेको हाे ।