Logo माघ १५, २०७७ बिहीबार


नेपालीले पानमै थुक्छन् दैनिक २ करोड रुपैयाँ

–मदन ढुङ्गाना
काठमाडौं । पान नेपाली संस्कृति र सामाजिक व्यवहारको प्रतीक हो । यो पवित्र वनस्पति पनि हो तर आज यसको बहु प्रयोग भने खाएर थुक्ने हुन गएको छ । पहाड र तराई जतासुकै छन् पान पसल । नेपालमा खाएर थुक्ने यही पानमा नै दैनिक करिब २ करोड ५० लाख रुपैयाँको व्यापार हुने गरेको छ । मुलुकमा करिब २५ हजार पान पसल रहेको सम्वद्ध व्यवसायी बताउँछन् । एउटा व्यवसायीले औसतमा दैनिक ५ सयदेखि २ हजार रुपैयाँको पान बेच्छन् ।

मुलुकमा सबैभन्दा बढी पान पसल भएको जिल्ला सप्तरी हो । सप्तरीमा साना ठूला गरी करिब ३ हजारभन्दा बढी पान पसल छन् । पान सेवनमा काठमाडौं उपत्यका पनि पछाडि छैन । यहाँ ११ सयको हाराहारीमा पान पसल छन् । दुई दर्जनभन्दा बढी थोक व्यापारी छन् । पान व्यवसायमा करिब १ लाखले रोजगारी पाएका छन् ।

शहरका मुख्यमुख्य चोकमा प्राय: पान पसल भेटिन्छ । सौखिनहरुले प्राय: खाना र खाजा खाएपछि पान चपाउन मन पराउँछन् । उच्च ओहोदाकादेखि मजदुरसम्मले चपाएकै छन् पान । नेपालमा पानको कारोबार ठूलै छ तर स्वदेशमा यसको व्यावसायिक खेती भने छैन । पानको पात र त्यसमा प्रयोग गरिने विभिन्न चीज छिमेकी मित्रराष्ट्र भारतबाट आउँछ । पानका लागि हरेक दिन करिब एक करोड रुपैयाँ भारत जाने गरेको छ । भारतको कलकत्ता, वनारस र बिहारबाट बंगला, वनारसी, मगही, हलदिया र साछी जातको पानको पात आउँछ ।

पान जर्दा र मिठा बढी बिक्छ । व्यवसायीले जर्दा पानको सामान्यतया प्रतिबिरा २० रुपैयाँ लिने गरेका छन् । मिठा पानको त्यो भन्दा बढी पर्छ ।

सुन्दा अपत्यार लाग्न सक्छ । पान एक बिराकै करिब २ हजार रुपैयाँ पर्ने पनि हुन्छ । यस्तो पानलाई राजपान भनिन्छ । राजपान पहिला राजपरिवारका सदस्यले खान्थे । त्यही भएर यसको नाम नै राजपान राखिएको हो । मुलुकमा गणतन्त्र आएपछि राजपान दरबार जान छोडेको छ । यस्तो पान अहिले ठूला घरानियाँको विवाहमा प्रयोग हुने गरेको छ ।

‘राजपान’मा स्वर्णभस्म, उच्च स्तरीय सुगन्धित मसला प्रयोग हुन्छ । यस्तो पान किन्नेले पान राख्ने रिकापी, स्टयाण्ड र चम्चासहित पाउँछन । स्वर्ण भस्म भनेको सुनको धुलो हो । यसमा सुन दुई ‘फला’ प्रयोग हुन्छ । स्वर्ण भस्म एक फलाकै करिब १ हजार रुपैयाँ पर्छ । राजपान बनाउन आधा घण्टा लाग्छ । ‘राजपान’ उपत्यकाका ३/४ वटा पसलमा मात्र बनाइन्छ । मुलुकमा पानको कारोबार ठूलै भए पनि ती मध्ये अधिकांश व्यवसायी करको दायरामा आउन सकेका छैनन् ।

पानका कारण जताततै दुर्गन्ध, स्वास्थ्यमा गम्भीर समस्या
पान खानभन्दा त्यसलाई पचाउँन गर्याे छ । अरु परिकार जस्तो खाएपछि निल्ने चिज होइन पान । पान खाएपछि थुक्नुपर्छ । खाँदा त क्वाप्प मुखमा हाल्यो, तर थुक्ने कहाँ ? शहरमा यस्तो समस्या बढी छ । तर खाइसकेपछि थुक्नलाई के पीर ? क्वाप्प खायो प्याच्च थुक्यो । पानपसल वरपर थुकको टाटा देखिनु अस्वाभिक होइन । यसले अन्य ठाउँमा समेत असर पार्ने गरेको छ ।

विशेष गरी पान खाने नागरिकको जमघट हुने ठाउँमा पान थुकको टाटैटाटा देखिन्छ । काठमाडौंको वसन्तपुरस्थित शिव आर्केट, सुरज आर्केट र जनता समाजवादी पार्टीको मुख्यालय लगायतका ठाउँमा यस्तो समस्या बढी छ । जथाभावी पान थुक्ने समस्याबाट आजित भएर कतिपय व्यवसायीले आफ्नो पसल वरपर ‘पान थुक्न, मनाही छ, पान थुकेमा कारवाही हुनेछ’ जस्ता सूचना समेत टाँस्ने गरेका छन् ।

पानले निम्त्याउने अर्को समस्या हो स्वास्थ्य । पानमा विभिन्न किसिमको सुर्ती प्रयोग गरिन्छ । यसले मुख र दातमा हानी गर्छ । पान सेवनले मुखको क्यान्सर समेत हुन सक्ने चिकित्सकहरु बताउँछन् । पानमा प्रगोग गरिने सुर्तिजन्य पदार्थहरु गुड्का खैनी, सुपारी, तमाखु लगायत पानजन्य मिक्स मसलाहरुको प्रयोगले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याइरहेको छ । पान चपाउँदा दात फुट्ने, दातमा किरा लाग्ने, गिँजामा समस्या हुने, मुखमा घाउ हुने, जिब्रो नचल्ने हुँदै मुख नै बिस्तारै बन्द हुनसक्छ ।

ओरल मैक्सिलोफेसियल सर्जन डा सुवास घिमिरेका अनुसार पान सेवनबाट शरीरको मुखमा मात्रै असर गर्दैन यसले खाने नली हुँदै पेटमा समस्या हुन्छ, किड्नी फेल हुनेदेखि फोक्सोको क्यान्सर समेत हुनसक्ने चिकित्सकहरु बताउँछन् । त्यसो त पानको सेनवकै कारण शरीरको रक्तचाप र मधुमेह जस्ता दीर्घरोगले च्याप्नेमात्रै होइन पानले मानिसलाई मृत्युको मुखमासमेत पुर्याउँछ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसिएमआर) का अनुसार, २०२० सम्म सूर्तीजन्य पदार्थका कारण १७ लाख ३० हजार व्यक्तिको मृत्यु हुनसक्ने आशंका गरिएको छ । चिकित्सकहरुका अनुसार पान सेवनकै कारण भारतमा ४० देखि ५० प्रतिशतसम्म मुखको क्यान्सरबाट ग्रसित भएका छन् । यो अवस्था भारतमा मात्रै होइन नेपालमै पनि हिसाब गर्ने हो भने करिब ४० प्रतिशत मानिसहरु पान सेवनै कारण मुखको क्यान्सरबाट पीडित भएको चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।

मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारबाही गरिएको हो ।