Logo बैशाख ५, २०७८ आइतबार


नेकपा अछामले भन्यो, ‘विवादमा नअल्झिउँ पार्टी कामलाई तिव्रता दिउँ’

अछाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद जारी रहेकै अवस्थामा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा भने पार्टीका विभिन्न कामलाई तिव्रता दिइएको छ ।

बिहीबार जिल्ला कमिटीको बैठक बोलाएको नेकपा अछामले पार्टी एकताको मर्म अनुरुप विधि र पद्दति बमोजिम एकतालाई सुदृढ बनाउन केन्द्रिय नेतृत्वलाई आग्रह गरेको हाे । विवादलाई विधिसम्मत समाधान गर्दै त्यसैमा नअल्झिएर पार्टी कामलाई तिव्रता दिनुपर्ने बैठकले निष्कर्ष निकालेको छ ।

नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज डा. भीम रावलको प्रमुख आतिथ्यतामा सदसमुकाम मंगलसैनमा बसेको बैठकले देशका दुई कम्युनिष्ट पार्टी बीचकाे ऐतिहासिक एकताका बाँकी काम यथाशिघ्र सम्पन्न गरी पार्टीलाई गतिशील र व्यवस्थित बनाउनका लागि सम्पूर्ण शक्ति परिचालनमा केन्द्रित हुन नेतृत्वलाई आग्रह गरेको प्रचार विभाग प्रमुख हिरण्ड भट्टराइले जनतासमाचारलाई जानकारी दिनुभयो । भट्टराईका अनुसार पार्टीमा उत्पन्न अन्तरविरोध र मतभेदबाट विचलित नभई आ-आफ्नो तहका एकताका कामलाई टुंग्याउन र सदस्यता नविकरणलाई व्यापक बनाउन पनि नेता कार्यकर्तालाई निर्देशन गरिएकाे छ ।

जिल्लाको रामारोशन गाउँपालिकामा गत वर्षायामको बाढी र पहिरोका कारण भएको मानवीय तथा जिउधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै बैठकले पीडित परिवारको यथोचित पुन:स्थापना र क्षतिग्रस्त भौतिक संरचना पुन:निर्माणको लागि ठोस योजनासहित अघि बढ्न सरकारलाई आग्रहसमेत गरेको छ ।

नेकपा अछामका संयोजक शेरबहादुर कुवँरको अध्यक्षतामा बसेको चौथो पुर्ण बैठकले जिल्लामा क्रियाशील दुई जना पार्टीसम्बद्द पत्रकारलाई जिल्ला कमिटी सदस्यमा मनोनयन गरेको पनि भट्टराईले जानकारी दिनुभयो । मनोनित हुनेहरुमा राजेन्द्र कुवँर र नरेन्द्र रावल छन् । दुवैजना लामो समयदेखि जनपक्षीय पत्रकारीता गर्दै आउनुभएको थियो ।

पार्टी सचिव झपट साउँदले सञ्चालन गर्नुभएको बैठकमा नेकपाका केन्द्रीय  सदस्य तथा जिल्ला इन्चार्ज तारामान स्वाँर र केन्द्रीय सदस्य एवं सह इन्चार्ज शरद सिंह भण्डारीसहित प्रदेश कमिटी सदस्यहरुको पनि उपस्थिति रह्याे। बैठकमा नेकपा माओवादी केन्द्रका  खकेन्द्र तिमिल्सैनाले नेकपा प्रवेश गरेका छन् ।

यसैबीच नेकपाको जनवर्गीय संगठन अनेरास्ववियूले पनि एकता सम्पन्न भएपनि रोकिएको जिल्ला पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहणलाई बुधबार सम्पन्न गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।