‘काेराेना सतर्कता अपनाउँदै सामान्य क्रियाकलापमा फर्कनुपर्छ’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना भाइरस (कोभिड १९)बाट उच्च सतर्कता अपनाउँदै दैनिक क्रियाकलापलाई सहज बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । सतुंगल डोजोले तीनथानामा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले राज्यका हरेक क्षेत्रमा कोरोनाको प्रभाव भएपनि बिस्तारै सामान्य जीवन तर्फ उन्मुख हुनुपर्ने बताउनु भएको हो ।
मन्त्री भट्टले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै विभिन्न क्षेत्रलाई चलायमान बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । भट्टले राज्यका हरेक क्षेत्रमा कोरोनाको प्रभाव भएपनि बिस्तारै सामान्य जीवन तर्फ उन्मुख हुनुपर्ने बताउनुभयाे ।
कुनै पनि मुलुकको विकासका निम्ति त्यहाँका नागरिक स्वस्थ हुनुपर्ने बताउँदै भट्टले मानिसलाई स्वस्थ बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको समेत दाबी गर्नुभयो । खेलकुदका क्षेत्रमा राज्यले गर्नुपर्ने भूमिकामा केही समस्या भएपनि आगामी दिनमा यसलाई परिष्कृत गर्दै लैजानुपर्ने मन्त्री भट्टको भनाइ छ । मुलुक संघीयतामा गइसकेपछि विभिन्न विकासका योजनाहरु अगाडि बढेको मन्त्री भट्टको दाबी छ ।
सतुंगल डोजोका मुख्य प्रशिक्षक सागर शाहीले खेलाडीको हीतका लागि राज्य अभिभावक बन्नसक्नुपर्ने बताउनुभयो । आफूले नेपालमा कराँतेको विकासका लागि धेरै कार्यक्रम गरिरहेको बताउँदै शाहीले त्यसमा राज्यको उपस्थिति कम रहेको गुनासो गर्नुभयो ।
कार्यक्रममा डाेजाेले विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई सम्मान गरेकाे छ । खेलकुद क्षेत्रबाट तेक्वान्दो खेलाडी दीपक विष्ट, आयुशा शाक्य सम्मानित भएका छन् । शिक्षा, स्वास्थ्य, सुरक्षा, कलाकारितालगायतका क्षेत्रबाट विशिष्ठ व्यक्तिहरू सम्मानित भएका छन् । कार्यक्रममा जनता टेलिभिजनका जिल्ला संयोजक एवम् प्रस्तोता खेमबहादुर बम पनि सम्मानित हुनुभएको छ ।