Logo मंसिर २०, २०७७ शनिबार


जनता टेलिभिजनका जिल्ला संयोजक बम सम्मानित

काठमाडौं । जनता टेलिभिजनका जिल्ला संयोजक एवम् प्रस्तोता खेमबहादुर बम सम्मानित हुनुभएको छ । सतुंगल डोजोले आयोजना गरेको ‘विशिष्ठ व्यक्ति सम्मान’ कार्यक्रममा संयोजक बम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टद्वारा सम्मानित हुनुभएको हो ।

कार्यक्रममा डोजोले विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई सम्मान गरेको छ । खेलकुद क्षेत्रबाट तेक्वान्दो खेलाडी दीपक विष्ट र आयुशा शाक्य सम्मानित भएका छन् । डाेजाेले शिक्षा, स्वास्थ्य, सुरक्षा, कलाकारिता लगायत विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरूलाई सम्मान गरेकाे छ ।

सतुंगल डोजोका मुख्य प्रशिक्षक सागर शाहीले खेलाडीको हितका लागि राज्य अभिभावक बन्न सक्नुपर्ने बताउँदै विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेकाे बताउनुभयो ।

डोजोले समाजका विभिन्न क्षेत्रमा क्रियाशील रहेर विशिष्ठ पहिचान बनाएका व्यक्तिहरुलाई वार्षिक रुपमा सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।