Logo मंसिर २०, २०७७ शनिबार


बागमती प्रदेशमा कोरोना संक्रमणबाट ६ सयको निधन

काठमाडाैं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट हेटाैंडा लगायत बाग्मती प्रदेशमा हालसम्म ६ सय ३१ जनाको मृत्यु भइसकेको छ । बाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख १७ हजार १ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डा पुरुषोत्तम सेढाईंका अनुसार कूल संक्रमितमध्ये ९८ हजार ५ सय ५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । प्रदेशमा कोरोना संक्रमणबाट निको हुने दर ८४ प्रतिशत रहेको उहाँको भनाइ छ ।

प्रवक्ता डा सेढाईंका अनुसार मुलुकका कूल कोरोना संक्रमितमध्ये बाग्मती प्रदेशमा ५० प्रतिशत छ । कोरोनाको संक्रमणबाट सुरक्षित रहन सरकारले निर्धारण गरेको मापदण्ड पालना गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।