मेष- नयाँ लगानीको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ । ऋणको भार कम हुने तथासन्तानबाट आर्थिक सहयोग मिल्नेछ । साताको मध्यमा भने अचानक स्वास्थ्यमा समस्या देखिने एवम यात्रामा झन्झट आउनेछ । खर्चबढ्ने तथा आँटेको काममा अड्चन आउनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार हुने एवम आफन्तसँग भेटघाट मिल्नेछ । वैदेशिकसहयोगको योग बन्ने तथा साझेदारी लगानीमा नयाँ योजना हुनेछ ।
वृष- व्यवसायमा आर्थिक चिन्ता हुनेछ । सामाजिक एवम् धार्मिक क्षेत्रतिर व्यस्तता बढ्ने तथा पदीय प्रशंसा मिल्नेछ । कृषिमा राम्रो फाइदाहुनाले आर्थिक भार कम हुनेछ । सवारीसाधनको सुख मिल्ने तथा खाद्यान्न व्यवसायमा राम्रो आम्दानी हुनेछ । आफन्त भेटघाट एवम्यात्रामा झन्झट मिल्नेछ । पारिवारिक सहयोग मिल्नाले पुराना कामहरु बन्नेछन् । प्रेममा प्रगती एवम वैवाहिक जीवनमा सन्तुष्टि प्राप्ती हुनेछ ।साताको अन्त्यमा भने विवादमा परिन सकिने, खर्चले तनाव हुने एवम व्यक्तिगतकाममा सामान्य झन्झट हुन सक्नेछ ।
मिथुन- धार्मिक काममा व्यस्तता हुनेछ । परिवारको सुख मिल्ने एवम् पारिवारिक सरसहयोग रहनेछ । सन्तानको सुख मिल्ने एवम् वैदेशिकसहायता आउनेछ । विदेशबाट फाइदा एवम् आफन्तजनको सहयोगमा राम्रो कामको योजना बन्नेछ । खानपिन एवम् सुखसयलमा खर्च बढ्ने तथा विलासितामा सामान्य खर्च हुनेछ । व्यापार व्यवसायमा भने सामान्य प्रगति देखिन्छ ।
कर्कट- साताको शुरुमा काममा आलोचना हुनेछ । नयाँ काममा विरोधीबाट विघ्नबाधा सामान्य स्वास्थ्य बाधा हुनेछ । काममा ढिलासुस्ती एवम् आफन्तजनसँग मनमुटाव रहन सक्नेछ । साताको मध्यमा भने पुराना काम पुरा हुने एवम् धार्मिक काममा खर्च हुनेछ । काममा प्रगतिदेखिने तथा राजनीतिक क्षेत्रमा अवसर मिल्न सक्नेछ । पदीय शिख मिल्ने एवम काममा प्रशंसा हुनेछ । स्वास्थ्यमा भने सामान्य गडबडीएवम् सञ्चित धन खर्च हुने देखिन्छ ।
सिंह- साझेदारी लगानीमा विवाद हुनेछ । प्रेममा प्रगति मिल्ने तथा आफन्तसँग भेटघाट हुनेछ । खानपिनको कारणले स्वास्थ्यमा बाधाएवम् पारिवारिक स्वास्थ्यमा समस्या आउनेछ । साताको मध्यमा भने व्यवसायमा झमेला आउन सक्ने तथा झुटो आरोपको सामना गर्नुपर्नेछ । साताको अन्त्यमा भने काममा प्रगति देखिने एवम् यात्रामा तनाव बढ्नेछ । सामाजिक एवं धार्मिक काममा समय व्यतित हुनेछ
कन्या- साताको सुरुमा घरायसी काममा व्यस्तता बढ्नेछ । जिम्मेवारी थपिने एवम ठुलाबडाको साथ भने मिल्नेछ । व्यापार व्यवसायमा सामान्य आम्दानी हुने तथा सम्पत्तीको जाहो हुनेछ । परिवारसँगको रमाइलोमा दिन बित्ने एवम वैवाहिक जीवनमा प्रेमको वृद्धि हुनेछ । छोटो यात्रा हुनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा गडबडी एवम आफन्तजनसँग सामान्य वैरभाव रहनेछ । यात्रामा जोगिनुपर्ने तथाअनावश्यक झन्झटले काम लम्बिने देखिन्छ ।
तुला- टाढाबाट धनको प्राप्ति हुनेछ । अध्ययन एवम् कला, संगीतमा रुचि जानेछ । धार्मिक एवम् आध्यात्मिक क्षेत्रमा रुचि बढ्ने तथा व्यापारव्यावसायमा भने सामान्य आम्दानी हुनेछ । सन्तानको सहयोगले अधुरा काममा प्रगति देखिन्छ । सामान्य वादविवाद पर्न सक्ने एवम्घरायसी विवाद भने बढ्नेछ । नयाँ लगानी एवं काममा को लागि योजना बन्नेछ । साताको अन्त्यमा भने दौडधुप धेरै एवम् जिम्मेवारीबढ्नाले व्यक्तिगत काममा बाधा पुग्नेछ ।
वृश्चिक- चिसोले बाधा पुर्याउनेछ । मानसिक तनावले सताउनेछ । आफन्तसँगको कारोबारमा केही असन्तुष्टि हुनेछ । महिलावर्गसँग दुश्मनी बढ्ने एवम् घरायसी झैझगडा हुन सक्नेछ । साताको मध्यमा भने धनको सुख मिल्ने एवम् भोगविलासमा खर्च बढ्नेछ । साथीभाइले आर्थिक सहयोग गर्नेछन् तथा आफन्तबाट आश्वासन मिल्नेछ । साताको अन्त्यमा भने खेलकुदमा रुचि जाने, घरबाहिरको काममा प्रगति देखिने तथा व्यक्तिगत कुरामा खर्च बढी हुनेछ ।
धनु- साना काममा जिम्मेवारी आउनेछ । छोटो यात्राको मजा मिल्ने एवं साथीभाइसँग धनको कारोबार हुनेछ । मनोरन्जनमा रुचि बढ्नेछ ।अध्ययनमा अवसर मिल्ने एवम् दाजुभाइको सहयोगले सामुहिक काम बन्नेछ । दिदीबहिनी एवम् बन्धुहरुबाट काममा प्रशंसा मिल्नेछ । साताको मध्यमा भने काममा बाधा आउने एवम् आर्थिक रुपमा समस्या पर्ने तथा पारिवारिक सरसल्लाहमा कमी आउनेछ । साताको अन्त्यमा जग्गा जमिनको कारोबारबाट सन्तुष्टि मिल्नेछ ।साथिभाइको सल्लाहले काममा राहत मिल्नेछ ।
मकर- आफ्नो बोलीवचनले सकारात्मक प्रभाव पर्नेछ। वन्धुवान्धवको सहयोगले पुरानो काम बन्नेछ । धनसम्पत्तिको सहयोग मिल्ने एवंकाममा फुर्सद मिल्नेछ । मिठो भोजनको सुख मिल्ने एवम परिवारसँगको भेटमा रमाइलो हुनेछ । साताको मध्यमा भने हिँडडुलले स्वास्थ्यमा समस्या दिने तथा अनावश्यक बोझ आइपर्नेछ । दाजुभाइको सहयोगले काममा भने सजिलो हुनेछ । यात्रामा भने झन्झट एवम् व्यक्तिगत काममा बाधा पुग्नेछ । आफ्ना मान्छे सहयोग नदिँदा आँटेको काममा बाधा पुग्नेछ ।
कुम्भ- यात्रामा धनको व्यय हुनेछ । सवारी साधनले दुख दिने एवं आटेको काम पर सर्नेछ । मनोरञ्जनमा समय व्यतित हुनेछ । साथीभाइभेटघाट बढ्ने एवम् आफन्तसँग खानपिन तथा रमाइलोमा समय बित्नेछ । धनको कारोबारमा भने वृद्धि हुने तथा अध्ययन राम्रो हुनेछ । मिठो बोलीले काम बन्ने तथा कुटुम्बसँग भेटघाट हुनेछ । मानसम्मानको योग बढ्ने तथा काममा प्रशंसा मिल्नेछ । स्वास्थ्यमा भने सामान्य गडबडी एवम आफन्तसँगको कारोबारमा सामान्य विवाद पर्नसक्नेछ ।
मीन- आफन्तको लागि धन खर्च के्ही हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथापरिवारमा मनमुटाव बढ्नेछ । साताको मध्यमा भने नयाँ मित्रसँग भेटघाट हुने तथा वैदेशिक सहायता मिल्ने एवम मनोरञ्जनमा बढी समय बित्नेछ । साताको अन्त्यमा भने सानो यात्रा हुने एवम आफन्तसँगको भेटघाटमा भोजनको सुख मिल्ने एवम धनसम्पत्तिको वृद्धि हुने तथा लगानीमा सामान्य प्रतिफल आउनेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी