Logo मंसिर २०, २०७७ शनिबार


चार करोड ९३ हजार संक्रमणमुक्त, १३ लाख ७६ हजारको मृत्यु

काठमाडौं । विश्वभरमा चार करोड ९३ हजारभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा चारकरोड ९३ हजार एक सय ७३ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा पाँच करोड ७८ लाख ८५ हजार ७९ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १३ लाख ७६ हजार सात सय २४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ६४ लाख २५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड २२ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ७३ लाख ११ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ६० हजार दुई सय २६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९० लाख ५० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८४ लाख ७५ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३२ हजार सात सय ६४ पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख १६ हजार नौ सय ६५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये एक लाख ९१ हजार दुई जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार दुई सय ९८ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।