Logo मंसिर २०, २०७७ शनिबार


जिरी ओपन चेसमा बद्रीलाल नेपालीको एकल अग्रता

दोलखा । पर्यटकीय नगरी जिरीमा जारी जिरी ओपन फिडे रेटिङ चेस प्रतियोगितामा बद्रीलाल नेपालीले एकल अग्रता कायम गरेका छन् ।  तीन पटकका राष्ट्रिय च्याम्पियन उनले शुक्रबार सम्पन्न तेश्रो चरणको खेलमा सर्लाहीका रविन्द्र बहादुर थापालाई पराजित गरे भने चौथो तथा पाँचौं चरणमा दोलखाका राजिव कार्की तथा सहदेव चौंलागाई माथि जित हात पारेका हुन् ।

पाँच चरणको खेल पश्चात पाँच अंक बनाएका बद्रीलालले शनिबार हुने छैटौं चरणको खेलमा दोलखा जिल्ला च्याम्पियन आशिष फुँयालको सामना गर्दैछन् ।

युवा सञ्जाल जिरीको आयोजना तथा जिरी नगरपालीकाको सहयोगमा जारी प्रतियोगिताको पाँचौं चरणको खेल बराबरीमा टुंग्याएका दोलखाका आशिष फुँयाल तथा ललितपुरका हेराकाजी मर्हजन समान ४ दशमलब ५ अंकका साथ संयुक्त दोश्रो स्थानमा रहेका छन् ।

यसअघि आशिषले तेश्रो तथाचौथो चरणमा क्रमशःललितपुरका संजय महर्जन र स्याङ्जाका युवराज पौडेललाई हराए भने हेराकाजीले तेश्रो चरणमा रामेछापका दिलबहादुर सुनुवार तथा चौथो चरणमा गोरखाका गेहेन्द्र आचार्य माथि जित हात पार्न सफल रहे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।