Logo मंसिर २०, २०७७ शनिबार


शीर्षस्थानको पीएसजी मोनाकोसँग स्तब्ध

एजेन्सी । फ्रेन्च लिग वानमा पीएसजी मोनाकोसँग पराजित भएको छ ।  केलियन एम्बाप्पेले २ गोल गरे पनि पीएसजीको हार टार्न सकेनन् ।

१० खेलाडीमा समेटिएको पीएसजी घरेलु टोलीसँग ३–२ ले पराजित भएको हो । मोनाकोका केभिन भोलान्डले दुई तथा सेस फाब्रिगासले एक गोल गरे ।

मोनाकोमा शुक्रबार राति भएको खेलमा पाहुना टोली पीएसजीले खेलको २५औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट अगता लिएको थियो । उनले एन्जल डि मारियाको पासमा गोल गरेका थिए । ३७औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

४४ औं मिनेटमा पनि एमबाप्पेले गोल गरे । तर, अफसाइडका कारण गोलले मान्यता पाएन ।

दुई गोलले पछि परेको मोनाकोले दोस्रो हाफमा खेल उल्ट्यायो ।

उसले ५२ औं मिनेटमा केभिन भोलान्डको गोलबाट खेलमा फर्किने संकेत दियो । ६५औं मिनेटमा भोलान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा आयो ।

८३औं मिनेटमा पीएसजी १० खेलाडीमा समेटियो । एबोउ डिएलोले भोलान्डलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले मोनाकोलाई पेनाल्टी प्रदान गरे । सोक्रममा भिएआरको सहायतामा डिएलोलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाइयो ।

पेनाल्टीमा सेस फाब्रिगासले गोल गर्दै मोनाकोलाई ३–२ को जित निश्चित गरे ।

मोनाकोसँगको हारपछि पनि पीएसजी ११ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पीएसजीलाई हराएको मोनाको २० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।