शुक्रवारदेखि चाँगु नारायणमा सडक नाटक ‘कहर’

काठमाडौं । चाँगु नारायण नगरपालिकामा शुक्रवारदेखि सडक नाटक कहर सुरु भएको छ।
नगरपालिकाको आर्थिक सहयोग र आयोजनमा आरम्भ नाट्य संस्थाको प्रस्तुति सडक नाटक ुकहर सुरु भएको हो ।
कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि नगरबासीमा चेतना जगाउन सो नाटक मन्चनको आयोजना गरेको नाटकका निर्देशक प्रभाकर न्यौपानेले जानकारी दिनुभयो । एक घण्टा लामो नाटकमा ब्यक्तिगत सरसफाई तथा कोरोना रोग र रोकथाम बारे समसामयिक रुपमा उठान गरेको निर्देशक न्यौपानेले बताउनुभयो ।
नाटकमा राजेन्द्र गर्तौला, प्रल्हाद खरेल,राधा श्रेष्ठ ,बिश्वदिप घिमिरे,राजन भुजेल,सरस्वती अधिकरी र मन्जु अधिकरीको अभिनय रहेको छ । नाटकको संगीत संयोजन सुरेश चन्द्र न्यौपानेको रहेको छ।
नाटक यही मंसिर ५ गते देखी ९ गतेसम्म बिभिन्न नगरपालिकाहरुका सबै वडाहरुमा मञ्चन गरिनेछ ।