Logo फाल्गुन १५, २०७७ शनिबार


‘त्यसो भए शुरुमा महासचिवले राजीनामा दिनुपर्यो, सक्नुहुन्छ ?’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता शालिकराम जमकट्टेलले महासचिव विष्णु पौडेलले सचिवालयका नेताले पार्टीलाई सही ठाउँमा पुर्याउन नसक्ने भए स्थायी कमिटीलाई जिम्मा दिउँ भनेर नयाँ प्रस्ताव ल्याउनु बालुवाटारको नयाँ षड्यन्त्र भएको बताउनुभएको छ ।

बागमति प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसमेत रहनुभएका जमकट्टेलले पार्टी संवेदनशील अवस्थामा पुगेको बेला महासचिवको भनाई सकारात्मक रुपमा आएको नभई कि त उहाँ निराश भएको हुनुपर्ने कि त बालुवाटारकै नयाँ षड्यन्त्र भएको हुनसक्ने आशंका गर्नुभएको हो । ‘त्यो त बालुवाटारबाट उब्जाइएको नयाँ नारा मात्रै हो, उहाँले जनता समाचारसँग कुरा गर्दै भन्नुभयो, ‘त्यसरी नेतृत्व दिन्छु, हुन्छु वा बनाउँछु भनेर हुन्छ र ? त्यसका लागि कि त कमिटीले निर्णय गर्नुपर्छ, कि त महाधिवेशनमा जानुपर्छ ।’

महासचिवले साँच्चिकै भन्नुभएको हो भने उहाँले पहिले महासचिव पदबाट राजीनामा गर्न सक्नुपर्ने जमकट्टेलको भनाइ छ । मूल नेतृत्वको रुपमा केपी शर्मा ओलीले गर्नुभएका पार्टी एकता विपरितका कामको खण्डन गर्दै बेठिक छ भनेर के उहाँ आफैबाट राजीनामा गर्न सक्नुहुन्छ  ? जमकट्टेलको प्रश्न छ । नेतृत्वलाई विभाजन गर्ने र पार्टीभित्र कतै अझै खेल्न सकिन्छ कि भनेर रचिएको नयाँ षड्यन्त्र भउकाे उल्लेख गर्नुहुँदै उहाँले कतिपय नेताहरु महासचिवको प्रस्ताबमा बहकिन थालेको पनि बताउनुभयो ।

पार्टीको समस्या सचिवालयका नेताहरुले नेतृत्वबाट छोड्दैमा समाधान नहुने उहाँको भनाइ छ । ‘नेतृत्व हस्तान्तरणको विषय महाधिवेशनबाट निश्चित विधि र प्रक्रियाबाट हुने कुरा हो, त्यसैले महासचिवको भनाइमा कुनै तर्क र सत्यता नभई प्रधानमन्त्रीका गलत क्रियाकलापलाई जोगाउने अर्को अस्त्रका रुपमा बुझ्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

‘एउटा लडाईँ जित्यौं, सिङ्गो लडाईँ जित्न बाँकी छ । एउटा लडाईँ जितेका छौं अर्को लडाई केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राज्य सञ्चालनका लागि सवाल युवा, प्रौढ वा वृद्धको नभएर ज्ञानको हुने बताउनुभएकाे…

लेखकद्वयकाे पुस्तककाे चर्चा गर्दै अध्यक्ष दाहालले ज्ञान सबैभन्दा ठूलाे कुरा भएकाे विचार व्यक्त गर्नुभयाे ।

नेता नेम्बाङले कानूनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताउनुभयो ।

पछिल्लो २४ घन्टामा ४८ जना संक्रमित निको भएका छन्।

जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको उहाँको भनाइ छ ।