Logo मंसिर २०, २०७७ शनिबार


घलेगाउँमा बढ्यो पर्यटकको आवतजावत

लमजुङ । पयर्टकीय जिल्ला लमजुङको क्होलासोथर गाउँपालिका वडानम्बर ३ स्थित घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आवतजावत बढेको छ । कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब ८ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् ।गत साउनदेखि बन्द रहेको घरबास भदौ १ बाट खुल्ला भएपछि पर्यटकहरु छिटफुट रुपमा आउन थालेका हुन । ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले आजभोली दैनिक ३०/३५ जना पर्यटक आउन थालेको जनाएको छ ।

कोरोना महामारीको सन्त्रासका बीचमा समेत पर्यटक आउन थालेपछि घरबास सञ्चालकमा उत्साह थपिएको छ । पर्यटक नआउँदा निरास बनेका घरबास सञ्चालक आन्तरिक पर्यटक आउन थालेपछि खुशी हुन थालेका घरबास सञ्चालक दीर्घराज घलेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा ४ सय को हाराहारीमा पर्यटक आउँदा घरबासमा राख्ने ठाउँ अभावले समस्या हुन्थ्यो, तर अहिले पर्यटकको पर्खाइमा रहनु परे पनि विस्तारै पर्यटकको संख्या वृद्धि हुन थालेको छ ।’

ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले पर्यटक आवागमनमा वृद्धि हुँदै गएपछि केही राहत पुुगेको बताउनुभयो । घलेगाउँबाट लमजुङ, अन्नपूर्ण दोस्रो र चौथो, माछापुच्छ्रे मनास्लु, हिमालचुली, ङादीचुली (डा हर्क हिमाल) र वुद्ध हिमाल देख्न सकिन्छ । सूर्योदय र सूर्यास्त, नमूना चिया बगानको अवलोकन, गुरुङ खाना, घले राजाको पार्क र गुरुङ संग्रहहालयको पनि अवलोकन गर्न सकिन्छ । जिल्लाको सदरमुकाम बेँसीशहरबाट घले गाउँ पुग्न २३ किलोमिटरको दूरी पार गर्दै सवारी साधनमा करिब ३ घण्टा र पैदलयात्रुलाई करिब ५ घण्टा समय लाग्छ ।

२०५७ सालबाट शुरु भएको घलेगाउँ घरबास जिल्लाकै पहिलो हो । गाउँका १ सय २५ घरधुरीमध्ये ३७ घरमा घरबास सञ्चालनमा रहेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । यहाँका सबै घरका छानामा जस्तापाता राखिएको देख्न सकिन्छ र सबै छानोमा रातो रङ प्रयोग गरिएको छ ।

लमजुङ तथा विशेष गरी क्होलासोथर गुरुङ जातिको उद्गमस्थल पनि हो । यही नामबाट क्होलासोथर गाउँपालिका राखिएको छ । पुर्खौंपुर्खादेखि हिमाली काखमा जीवनयापन गर्दै आएका यहाँका स्थानीयको आफ्नै मौलिक कला, भाषा, संस्कार र संस्कृति छन् । जहाँ हिमाली काख र स्वच्छ हावापानीमा रमाएका गुरुङ समुदायको बाक्लो बस्ती र बसोबास छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।