Logo मंसिर ९, २०७७ मंगलबार


नेपालीले कोरियाबाट पठाए १५ हजार सर्जिकल मास्क

स्याङ्जा । दक्षिण कोरियामा रहेका नेपालीले वालिङ नगरपालिकाका लागि १५ हजार थान सर्जिकल मास्क सहयोग पठाएका छन् । पेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली समिति दक्षिण कोरियाले सहयोगका लागि मास्क पठाएको हो ।

समितिका संयोजक विशाल जिटीका अनुसार वालिङ नगरपालिका कार्यालयलाई ८ हजार ५ सय तथा वालिङ नगरपालिका वडानम्बर १३ अन्तर्गतको वडा कार्यालयमा ५ सय, सरस्वती माध्यमिक विद्यालय उदियाचौरमा २ हजार ५ सय, लक्ष्मी माध्यमिक विद्यालय बोधिभञ्ज्याङमा २ हजार, सर्वशक्ति आधारभूत विद्यालय पाठखोलालाई १ हजार र आँधीखोला बहुप्राविधिक शिक्षालय बोधिभञ्ज्याङमा ५ सय गरी कूल १५ हजार थान सर्जिकल मास्क निःशुल्क उपलब्ध गराएको हो ।

‘रोजगारीको सिलसिलामा विदेशमा रहँदा स्वदेशमा कोभिड–१९ को रोकथामका लागि केही न केही सहयोग गर्नुपर्छ भन्ने लागेर रकम संकलन गरी सर्जिकल मास्क पठाएका हौँ’, जिटीले भन्नुभयो, ‘मास्क लगाउन अनिवार्य गरिरहेको अवस्थामा सहजरुपमा मास्क उपलब्ध गराएर कोभिड–१९ को जोखिम रोकथाममा सक्दो सहयोग गर्नमा टेवा पुग्ने विश्वास समितिको छ ।’

कोभिड–१९ को संक्रमणबाट वालिङमा दिन प्रतिदिन जोखिम बढ्दै गइरहेको अवस्थामा ठूलो मात्रामा सर्जिकल मास्क उपलब्ध गराएर कोभिड नियन्त्रणका लागि प्राप्त सहयोगप्रति नगर प्रमुख दिलीपप्रताप खाँणले धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।