Logo माघ ९, २०७७ शुक्रबार


मान्छे मार्न छठघाट पुगेका दास पेस्तोलसहित पक्राउ

रामभरोसी यादव
सिरहा । यहाँकाे औरहीस्थित छठघाटबाट कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा औरही गाउँपालिका वडानम्बर ५ का २४ वर्षीय रविन दास रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

दासको साथबाट १ थान लोडेड कटुवा पेस्तोल र २ थान गोली बरामद भएको जिल्ला प्रहरी प्रमुख उमा शंकर पजियाले जानकारी दिनुभयो । उहाँका अनुसार दासले स्थानीय विनोद यादवलाई गोली हानी मार्ने योजना बनाएको खुलेको छ । दासको योजनाबारे प्रहरीले सूचना पाएपछि तत्कालै छठघाट पुगेर उनलाई नियन्त्रणमा लिइएको हाे ।

औरही प्रहरीले दासलाई अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको सिरहा प्रहरी प्रमुख पजियाले बताउनुभयो । उहाँले पुरानो रिसिबीका कारण यादवलाई गोली हान्ने योजना बनाएको र गोलि हान्न दास छठघाट गएको खुलेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । बागमती प्रदेशसभाको सातौँ अधिवेशन  बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार…

काठमाडौं । संसद विघटनको मुद्दाको सुनुवाइ शुरु हुने वित्तिकै महान्यायाधिवक्ता अग्नि खरेल अधिवक्ता उभिएर बहस गर्ने ठाउँ (पोडियम) को दायाँपट्टि…

काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ । सन्तानको सहयोग मिल्नेछ ।

सरकारकाे असंवैधानिक कदम अदालतले रोक्न सकेन भने अन्तिम निकायको रुपमा जनअदालतले नै छिनोफानो गर्ने पाैडेलकाे भनाइ छ ।