Logo मंसिर ९, २०७७ मंगलबार


सिन्धुलीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

सिन्धुली । दुधौली नगरपालिका वडा–५ सिर्थौलीको भित्री कच्ची सडकमा शनिवार ट्रयाक्टर दुर्घटना हुदाँ चालकको ज्यान गएको छ । सिर्थौली नयाँटोल स्थित भित्री कच्ची सडक खण्डमाबाट छपाहातर्फ जाँदै गरेको ना ५ त १९५१ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो ।

गोबर मल लिन जाँदै गरेकाे ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटना हुँदा ट्याक्टर चालक दुधौली नगरपालिका ५ छपाहाका २१ वर्षीय वियस कुमार दनुवारको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । दनुवारकाे टाउकाे, छातीमा भित्री चोट र दुबै कानबाट रगत बगेर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाईते भएका दनुवारलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा प्रथमिक उपचार गरी जिल्ला अस्पताल सिन्धुली लैजाँदै गर्दा बाटैमा मृत्यु भएकाे प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।