Logo मंसिर ९, २०७७ मंगलबार


छठ घाटबाट कटुवा पेस्तोलसहित युवा पक्राउ

रामभरोसी यादब
सिरहा । औरहीकाे छठ घाटबाट कटुवा पेस्तोल र गोलीसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका ५ का २४ वार्षीय रविन दास रहेकाे जिल्ला प्रहरी सिरहाले जनाएको छ । उनको साथबाट एक थान लोडेड कटुवा पेस्तोल र २ थान गोली बरामद भएको जिल्ला प्रहरी प्रमुख उमा शंकर पजियाले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार दासले स्थानीय विनोद यादवलाई गोली हान्ने योजना बनाएका थिए । तर योजनाबारे प्रहरीले सूचना पाएपछि तत्कालै छठ घाट पुगेर उनलाई नियन्त्रण लिएको छ ।

औरही प्रहरीले दासलाई अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखेको जिल्ला प्रहरी सिरहाका प्रहरी प्रमुख उमाशँकर पजियाले जानकारी दिनुभयाे ।

यादवसँग दासको पुरानो रिसिबी रहेका कारणले विनोद यादवलाई गोली हान्ने योजना बनाएर गोली हान्न छठको घाटमा गएको प्रहरी प्रमुख पजियाकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।