Logo मंसिर २०, २०७७ शनिबार


सुरेन्द्र पाण्डेमाथिको दुर्व्यवहार निन्दनीय छ : वरिष्ठ नेता खनाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले स्थायी समिति सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि गरिएको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय भएको बताउनुभएको छ । नेकपा राप्ती नगर कमिटीको बैठकमा पाण्डेले मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरी गरिएको अभद्र व्यवहार तथा नाराबाजीको नेता खनालले निन्दा गर्नुभएको हो।

घटना सुनियोजित रहेको भन्दै नेता खनालले पाण्डेमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्न सम्बन्धी कमिटीको ध्यानाकर्षण गराउनुभएको छ । ‘कम्युनिसष्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु।’ वरिष्ठ नेता खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला यस्ता घटनाहरूले स्थितिलाई झन् उत्तेजित बनाउनेतर्फ सचेत रहन खनालले कार्यकर्तालाई आग्रह गर्नुभएको छ । खनालले पार्टीमा देखिएको समस्या समाधानको खोजी भइरहेको बेला सबैले संयमता अपनाउन जोड दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।