Logo मंसिर २०, २०७७ शनिबार


‘नेता पाण्डेमाथिको दुर्व्यवहार पार्टीको आन्तरिक विवादलाई उत्तेजक बनाउने दुस्प्रयास’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि गृहजिल्ला चितवनमा भएको दुर्व्यवहारको नेकपाका शीर्ष नेताहरुले भत्सर्ना गर्नुभएको छ ।

नेता पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजी र दुर्व्यवहारप्रति वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालसहितका शीर्ष नेताहरुले भत्सर्ना गर्नुभएको हो । शनिवार एक विज्ञप्ति जारी गर्नुहँदै नेता नेपालले सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको भन्दै यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवं सम्वद्ध पक्षको ध्यानाकर्षण गराउनु भएको छ । यस्तो कार्य जो सुकैले गरेको भए पनि लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि नसुहाउने कार्य भएकोले घटनाको छानविन गरी कडा कारबाहीको लागि नेता नेपालले गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

यस्तै नेकपाका अर्का वरिष्ठ नेता खनालले पनि नेता पाण्डेमाथि सुनियोजित रुपमा भएको दुर्व्यवहारमा संलग्नलाई कारबाहीको माग गर्नु भएको छ ।

नेता खनालले शनिवार एक विज्ञप्ति जारी गर्दै यस घटनाले आफुलाई गम्भीर बनाएको टिप्पणी गर्नुभएको छ । नेता खनालले पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको समाधानका लागि उपायहरु खोजी भइरहेका बेला यस्ता घटनाले स्थितिलाई झनै उत्तेजक बनाउने बताउनुभयो । संघीय सांसद समेत रहनुभएका पाण्डेका विरूद्द चितवनमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका केही कार्यकर्ताहरूको भीडले नाराबाजी तथा विरोध गरेका थिए ।

को–को थिए हुलहुज्जत गर्ने समूहमा ?

शनिबार आयोजित चितवनको राप्ती नगरपालिकामा पार्टीको नगर कमिटी बैठकमा अतिथिका रुपमा सम्बोधन गर्ने क्रममा होहल्ला गर्दै ८–१० जनाको समूहमा आएकाहरुले नेता पाण्डेमाथि दुव्र्यवहार गरेका थिए ।

बोल्ने क्रममा नेता पाण्डेले पुष्पलाल होस् या मदन भण्डारीको नाममा, कुनै पनि फाउन्डेसनहरु नबनाउने, त्यसले पार्टीभित्र गुटबन्दीको आधार बन्यो भन्ने कार्यदलका सबैको सहमति भएको धारणा राख्नुभएको थियो । दस्ताबेजमा लेखिसकेको यो कुरा स्थायी कमिटीले समेत निर्णय गरेपछि अहिले पार्टीको नै निर्णय भइसकेको र सबै सदस्यका वीचमा सर्कुलर पुगेको पाण्डेले उल्लेख गर्नुभएको थियो । त्यहीबीचमा हुलहुज्जतमा सहभागीहरुले मदन भण्डारी फाउन्डेसन जिन्दावाद, जबज जिन्दावाद, केपी ओली जिन्दावाद जस्ता नाराहरु लगाएका थिए ।

यसरी नारा लगाउने समूहको अगुवाको रुपमा चितवन जिल्ला कमिटीका पूर्वअध्यक्ष जगन्नाथ थपलियाका छोरा सुरज थपलिया रहेको नेता पाण्डेले बताउनुभयो । सुरजका बुबा जगन्नाथ अहिले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका सल्लाहकार हुनुहुन्छ । सुरज वागमती प्रदेशकै भूमि व्यवस्था सहकारी तथा कृषिमन्त्री दावा लामाका ज्वाइँ समेत हुन् । मन्त्री दावाका छोरा र पीए प्रकाश कालाखेती समेत नारा लगाउने समूहमा रहेको नेता पाण्डेले बताउनुभयो ।

नारा लगाउने समूहका अगुवा सुरज अर्कै नगरपालिका, खैरहनीको भएको र राप्ती नगरपालिकाको नगर कमिटीको कार्यक्रमको सरोकारवाला मान्छे पनि नभएको नेता पाण्डेको भनाइ छ । यस्तो गैरराजनीतिक व्यवहार गर्नेहरुलाई अनुशासनको कारवाही गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।